कीवर्डहरू -

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवा सुरू

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवा सुरू

मकवानपुरको थाहा नगरपालिका चितलाङमा अवस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवा शुरुवात गरिएको छ । यो सेवालाई नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरईएन) को प्राविधिक सहयोगमा सुरुवात गरिएको हो ।

यससँगै एडुरोममा जोडिएका सङ्घसंस्थाका प्रतिनिधिहरू मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पुग्दा सुरक्षित  इन्टरनेटमा सजिलै पहुँच पाउन सक्ने भएका छन् । रेडियस सर्भरमार्फत  प्रयोगकर्ताको प्रमाणीकरण गरिने हुँदा एडुरोम अन्य वाईफाईको तुलनामा अधिक सुरक्षित मानिन्छ । 

साथै अनुसन्धानकर्ताहरू एडुरोममा आबद्ध देश तथा विदेशमा रहेको अर्को शैक्षिक तथा अनुसन्धान संस्था पुग्दा त्यहाँ समेत निःशुल्क इन्टरनेटमा जोडिन सक्ने छन् । एडुरोमको प्रयोगबाट विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान सम्बन्धी संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थीहरू एक संस्था बाट अर्को संस्थामा जाँदा आफ्नो शैक्षिक संस्थाको युजरनेम र पासवर्डबाट इन्टरनेटमा जोडिन सक्छन् । 

हाल ११० भन्दा बढी देशको सङ्घसंस्थाहरूमा एडुरोम सञ्चालनमा आइसकेको छ । इडियुरोम अनुसन्धान र शैक्षिक सङ्घसंस्थाका व्यक्तिलाई विश्वका अन्य सङ्घसंस्थामा पुग्दा सहजै नेटवर्क पहुच उपलब्ध गराउने विश्वव्यापी सेवा हो । 

एडुरोम  दुई वटा छुटृा छुटै शब्दहरुको समिश्रणबाट बनेको शब्द हो । यसका अगाडिकातीन एडुले एजुकेसन र पछाडिको चार अक्षर रोमले रोमिङ  भन्ने अर्थ लाग्ने गर्दछ ।  वास्तवमा शिक्षा र अनुसन्धानका क्षेत्रमा अनुसन्धान गर्नेहरुको  लागि यो एउटा  अत्यन्तै  महत्वपूर्ण हटस्पट सेवा हो । यो सेवा आज विश्वका धेरै भन्दा धेरै विश्वविद्यालय, अस्पताल, एयरपोर्ट तथा अनुसन्धान केन्द्रहरुले प्रयोग गर्ने गरेका पाइन्छन् । 

नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कले राष्ट्रिय रोमिङ अपरेटरको रूपमा,  विभिन्न शैक्षिक  संस्था, रिसर्च संस्था  र अस्पताल हरुमाहरुमा एडुरोम सेवालाई निःशुल्क जडान गर्न  अभिप्रेरित गरिरहेको छ ।  

काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायत  २७  वटा सङ्घसंस्था यस सञ्जालमा आबद्द भएका छन् ।