कीवर्डहरू -

बर्दिबासमा माउन्टेन ईभी सार्वजनिक

बर्दिबासमा माउन्टेन ईभी सार्वजनिक

बर्दिबासमा माउन्टेन ईभी सार्वजनिक भएको छ ।  कमर्सियल भेहिकल्स र दिगो मोबिलिटी सोलुसन्समा विश्वकै अग्रणी फोटोन मोटरले माउन्टेन ईभी एमएडब्लू वृद्धिले बर्दिबासमा सार्वजनिक गरेको हो । 

यो इलेक्ट्रिक पिकअप नेपालको विविधतायुक्त र चुनौतीपूर्ण भूभागका लागि विशेष रूपमा इन्जिनियर गरिएको छ । यस आकर्षक मोडेलले फोटोनको इन्नोभेसन, दिगोपन र नेपालको सडक र भौगोलिक अवस्थाका लागि आवश्यक पर्ने हाई-पर्फर्मेन्स सोलुसन्स प्रदान गर्ने बताइएको छ । 

लन्च कार्यक्रममा बोल्दै, फोटोन मोटरका सीईओ तुषार गुप्ताले दिगो इनोभेसनप्रति कम्पनीको रणनीतिक दृष्टिकोण र समर्पणमा जोड दिए । उनले भने, “विकसित हुँदै गरेको नेपालको यातायात क्षेत्रलाई कार्यसम्पादन, दिगोपन र विश्वसनीयतालाई एकीकृत गर्ने सोलुसन्सको आवश्यकता पर्दछ। फोटोन माउन्टेनमा ईभी इन्जिनियरिङ उत्कृष्टता र वातावरणीय जिम्मेवारीप्रतिको हाम्रो प्रतिबद्धता जोडिएको छ । नेपालको भौगोलिक चुनौतीहरूको सामना गर्न विशेष रूपमा डिजाइन गरिएकोयो मोडेलले कुशल, टिकाउ र पर्यावरणमैत्री यातायात समाधान प्रदान गरेर पिकअप सेगमेन्टमा नयाँ रिभोलुशनस्थापित गर्दछ।’

शक्तिशाली, टिकाउ र दिगोपनको संयोजन प्रदान गरेर फोटोन माउन्टेन ईभीले नेपालको पिकअप ट्रक बजारमा ठूलो परिवर्तन ल्याउने तयारी गरेको छ । यो गाडी व्यवसाय, फ्लीट अपरेटर र भविष्यमुखि मोबिलिटी सोलुसन्स खोज्ने प्रयोगकर्ताहरूको लागि भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा गरिएको छ ।