सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयन रोक्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
गत मंगलबार मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले कार्यक्रम कार्यान्वयन रोक्न प्राधिकरणलाई पत्राचार गरेको थियो ।
केही समय अगाडि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयका सह-सचिव गौरी गरीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
उक्त छानबिन प्रतिवेदनले एमडीएमएस खरिद प्रक्रियामा अनियमितता देखाएपछि सञ्चार मन्त्रालयले एमडीएमएस सम्बन्धि थप काम अगाडि नबढाउन, बजेट खर्च नगर्न र पुरानो भुक्तानी निर्देशन दिएको हो ।
छानबिन प्रतिवेदनले दिएका सुझावहरू कार्यान्वयन पश्चात् मन्त्रालयको सहमति लिएर मात्र थप काम–कारबाही अगाडि बढाउन मन्त्रालयको पत्रमा भनिएको छ ।