कीवर्डहरू -

नथिङ टुए स्मार्टफोनमा मिडिया टेकको प्रोसेसर प्रयोग हुने

नथिङ टुए स्मार्टफोनमा मिडिया टेकको प्रोसेसर प्रयोग हुने

नथिङको आगामी फोन २ एमा मिडिया टेक डाइमेन्सिटी ७२०० प्रो प्रयोग हुने भएको छ । यसअघि नथिङ वान र टु स्मार्टफोनका लागि क्वालकमको प्रोसेसर प्रयोग भएपनि नथिङ टुएमा मिडिया टेकको प्रोसेसर प्रयोग हुने भएको हो । 

नथिङले टुए स्मार्टफोन सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । डाइमेन्सिटी ७२०० प्रो मिडिया टेक र नथिङको सहकार्यमा तयार गरिएको हो । 

मिडिया टेकसँग कोइन्जिनियर्ड गरेर तयार गरिएकाले यसले उत्कृष्ट प्रदर्शन गर्ने नथिङका संस्थापक कार्ल पेइले बताएका छन् ।

४ एनएममा निर्माण भएको यसले ब्याट्रीको खपत समेत कम गर्नेछ । नथिङ टु एमा १२ जीबी र्याम हुनेछ भने ८ जीबी र्‍याम बुस्टर सुविधा हुनेछ ।