मेटाले रे-ब्यान स्मार्ट चश्मामा डिस्प्ले थप्ने तयारी गरेको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार मेटाले आफ्नो लोकप्रिय स्मार्ट चश्मामा स्क्रिन थप्ने तयारी गरेको हो ।
सम्भवतः यी स्क्रिनहरू २०२५ को दोस्रो आधामा आउने अनुमान गरिएको छ । मेटाका योजनासँग परिचित व्यक्तिहरूका अनुसार, स्क्रिनहरू साना आकारका हुनेछन् र सम्भवतः सूचना वा मेटाको एआई भर्चुअल असिस्टेन्टका प्रतिक्रिया देखाउन प्रयोग गरिनेछन् ।
यसलाई हालसम्म पूर्ण मिश्रित-रियालिटी उपकरण बनाउने योजना छैन् । त्यसका लागि मेटासँग हालै सार्वजनिक गरिएको ओरियन चश्मा छ, जुन अझै केही वर्ष टाढाको भविष्य हो ।
ओरियन चश्माको सकारात्मक प्रतिक्रियाले यसको विकासलाई छिटो अघि बढाएको उक्त रिपोर्टमा उल्लेख गरिएको छ । सम्भवतः व्यावसायिक रूपमा सार्वजनिक गर्ने सुनिश्चित गरेको छ । पहिला यो चस्मा इन-हाउस प्रोटोटाइपकै रूपमा सीमित रहने अनिश्चित थियो ।
रे-ब्यान स्मार्ट चस्मा मेटाका लागि एक आश्चर्यजनक रूपमा सफल भएको छ र यसको कारण बुझ्न सजिलो छ । तिनीहरूको डिज़ाइन राम्रो छ र प्रदर्शन पनि उत्कृष्ट छ ।
हालको मोडलमा इन-इयर स्पिकर, क्यामेरा, माइक्रोफोन र मेटाको भर्चुअल असिस्टेन्टको सुविधा छन् । रेब्यान चश्माको डिजाइनमा सरलता छ । फोटो भिडियो लिन पनि सहज छ ।