कीवर्डहरू -

फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार

फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार

फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार भएको छ । मंगलबार फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार भएको हो । 

अक्टोबर १७ मा फोनपेले नयाँ सफलता हासिल गरेको कम्पनीले जनाएको छ । नयाँ माइलस्टोन हासिल गर्न सहयोग गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था, प्रयोगकर्ता र मर्चेन्टलाई आभार प्रकट गरेको छ । 

फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक संस्था हो । फोनपेमा ६४ बढी बैंक तथा वित्तीय संस्था आवद्ध भएका छन् । यस बाहेक फोनपेमा १२ लाख बढी मर्चेन्ट आवद्ध भएका छन् भने १ करोड ८० लाख बढी प्रयोगकर्ता रहेका छन् ।