कीवर्डहरू -

टाटा टियागो इभी खरिद गर्न नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने

टाटा टियागो इभी खरिद गर्न नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने

नबिल बैंक र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूलाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

सम्झौता अनुसार टाटा टियागो इभी खरिद गर्न चाहने खरिदकर्ताले नबिल बैंकको नेपालभरिका शाखाहरूमार्फत् ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्ने छन्। 

टाटा टियागो इभी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट ९.९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जाको सुविधा पाइने जनाइएको छ । 

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक भएको कम्पनीले बताएको छ।