नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले १० जुनदेखि १४ जुनसम्म आयोजना हुने लण्डन टेक विक २०२४ मा सहभागीता जनाउने भएको छ ।
विश्वकै ठूलो मध्येको एक प्रविधि प्रदर्शनी लण्डन टेक विकमा नास आईटीको नेतृत्वमा १४ कम्पनीहरू सहभागी हुने भएका हुन् ।
टेक विकमा अम्निल टेक्नोलोजी, ईके सोलुसन्स, इमिनेंस वेज, जेनेस सोलुसन, इन्ग्रेल्स, जास्पर आईटी, नियो सफ्टवेयर, क्विकफक्स कन्सल्टिङ, क्विकफक्स टेक्नोलोजी, रारा ल्याब्स, टेकक्राफ्ट इंक, त्रिलोक्य टेक्नोलोजी, येलो नेपाल र योङ इनोभेसन्स सहभागी हुँदैछन् ।
यी कम्पनीहरूले एआई, ई-कमर्स विकास, हेल्थकेयर आईटी, फिनटेक, आरपीए, कस्टम सफ्टवेयर डेभलपमेन्ट डेभअप्स, साइबर सेक्युरिटी जस्ता विभिन्न प्रकारका सेवाहरूको शोकेस गर्नेछन् ।
युएसएआईडीसँगको सहकार्यमा नास आईटी लन्डन टेक विकमा जान लागेको हो । यो सहभागीता नेपालको प्रविधि उद्योगको लागि एक ऐतिहासिक क्षण भएको नास आईटीले जनाएको छ ।
विकमा सहभागू भएर नेपालको आईटी क्षेत्र प्रवर्द्धन गर्न सम्भावित लगानीकर्ता, साझेदार, र सहयोगीहरूसँग अन्तरक्रिया गर्ने नास आईटीको भनाइ छ ।
नास आईटीले अन्तर्राष्ट्रिय आईटी प्रदर्शनीहरूमा सहभागी हुने व्यवस्था सरकारले गर्नुपर्ने माग गर्दै आएको छ ।