कीवर्डहरू -

नासकारले सार्वजनिक गर्‍यो आफ्नो पहिलो विद्युतीय रेस कारको प्रोटोटाइप

नासकारले सार्वजनिक गर्‍यो आफ्नो पहिलो विद्युतीय रेस कारको प्रोटोटाइप

नासकारले आफ्नो पहिलो विद्युतीय रेस कारको प्रोटोटाइप सार्वजनिक गरेको छ । सिकागो स्ट्रिट रेसमा नासकारले आफ्नो पहिलो विद्युतीय रेस कारको प्रोटोटाइप सार्वजनिक गरेको हो । 

प्लानेटलाई स्वस्थ राख्ने र दिगो विद्युतीकरणका काम गर्ने उद्देश्यसहित एबीबीसँगको सहकार्यमा नासकारले रेस कार तयार पारेको जनाएको छ । 

‘एबीबी विद्युतीकरणमा अग्रणी कम्पनी हो । हामी ग्राहकहरूलाई अप्टिमाइज, इलेक्ट्रिफाइ र डिकार्बनाइजमा मद्दत गर्छौं,’ एबीबीका कार्यकारी उपाध्यक्ष राल्फ डोनाटीले भने, ‘अमेरिकीको नासकार र एबीबीबीचको सहकार्यको उद्देश्य भनेको विद्युतीकरण प्रविधिलाई अगाडि बढाउँदै ईभी रेडिङदेखि लामो दुरीको यातायातलाई सञ्चालनसम्म पुर्‍याउनु हो ।’ 

नासकारले सन् २०३५ सम्ममा आफ्ना सबै सञ्चालनमा कार्बन फुटप्रिन्टलाई शुन्यमा झार्ने योजना बनाएको छ । रेस कार्ड नासकारको रिसर्च एण्ड डेभलपमेन्ट टिमको पछिल्लो इन्नोभेसन हो । 

यो कारमा ७८ किलोवाट लिक्विड कुल्ड ब्याट्री राखिएको छ । नासकारका अनुसार यसको ट्युनेबल पावरट्रेनले पिक पावरमा १ हजार किलोवाट उत्पादन गर्न सक्ने छ ।