कीवर्डहरू -

राष्ट्रिय बीमा नीति २०८० जारी, प्रविधिमैत्री बीमाको विकास गर्ने लक्ष्य

राष्ट्रिय बीमा नीति २०८० जारी, प्रविधिमैत्री बीमाको विकास गर्ने लक्ष्य

सरकारले राष्ट्रिय बीमा नीति २०८० जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकले राष्ट्रिय बीमा नीति स्वीकृत गरेको हो । 

बीमा क्षेत्रलाई  निर्देशित गर्न जारी गरिएको बीमा नीतिले  बीमाको दायरा विस्तार गर्दै प्रविधिमैत्री बीमाको विकास गर्ने लक्ष्य लिएको छ ।

बीमा ऐन २०७९ को दफा ५ मा नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य, अधिकारअन्तर्गत राष्ट्रिय बीमा नीति तयार पारी सरकारसमक्ष सिफारिस गर्ने प्रावधानअनुसार बीमा प्राधिकरणले नीतिको मस्यौदा तयार पारेको थियो । उक्त मस्यौदा मन्त्रीपरिषदले स्वीकृत गरेपछि अब कार्यान्वयनको चरणमा पुगेको छ ।