कीवर्डहरू -

नेपाल भित्रियो भारतको लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्राण्ड अथर

नेपाल भित्रियो भारतको लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्राण्ड अथर

भारतीय बजारमा निकै लोकप्रिय इलेक्ट्रिक स्कुटर अथर नेपाल भित्रिएको छ । वैद्य इनर्जीले अथरलाई नेपाल भित्र्याएको हो ।

इनर्जीले काठमाडौँको गैरीधारामा पहिलो शोरुम सञ्चालनमा रहेको छ । शोरुमबाट अथरको प्रिमियम स्कुटर ४५० एक्सको दुई भेरियन्ट खरिद गर्न सकिने छ । 

कम्पनीले अथर ४५० एक्स दुई फरक ब्याट्री अप्सनमा उपलब्ध गराएको छ, जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको ब्याट्री रहेको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् ।

अथर ४५० एक्सलाई सिङ्गल चार्जमा १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । ३.७ किलोवाट ब्याट्री भएको अथरको रेन्ज १५० किलोमिटर रहेको छ भने २.९ किलोवाट ब्याट्री भएको अथरको रेन्ज १११ किलोमिटर रहेको छ ।

यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ । २.९ किलोवाटको ब्याट्रीलाई चार्ज गर्न ६ घण्टा ३६ मिनेट लाग्ने छ भने ३.७ किलोवाट व्याट्री भएको स्कुटरलाई साढे चार घण्टा लाग्ने छ ।

यसमा गुगल म्याप, नेभिगेशन फिचर, टायर प्रेशर मोनिटर, हिल होल्ड, बाइब्री क्यालिपर, टच डिस्प्ले, ५ राइड मोड, बेल्ट ड्राइभ, फलसेफ लगायतका फिचरहरू रहेका छन् । एथरको सुरूवाती मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।