कीवर्डहरू -

नाडा अटो शो: सेरेस ३ मोडेल खरिदमा विशेष अफर, ४ लाखसम्म छुट

नाडा अटो शो: सेरेस ३ मोडेल खरिदमा विशेष अफर, ४ लाखसम्म छुट

नेपालका लागि सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धिले सेरेस ३ मोडेल खरिद गर्ने ग्राहकका लागि विशेष अफर घोषणा गरेको छ ।

नाडा अटो शो-२०२४ को अवसरमा एमएडब्लू वृद्धिले नयाँ सेरेस ३ मोडेल खरिदमा ४ लाखसम्म छुट दिने विशेष अफर घोषणा गरेको हो ।

अफर अनुसार कम्पनीले नयाँ सेरेस ३ कम्फोर्ट मोडेलको मूल्य ४५ लाख ४९ हजार र नयाँ सेरेस ३ प्रिमियम मोडेलको मूल्य ४८ लाख ८७ हजार रुपैयाँ तोकेको छ। 

यसअघि सेरेसको प्रिमियम भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ र सेरेस ३ कम्फोर्ट मोडेलको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो । 

न्यु सेरेस ३ मोडेलबारे विस्तृत जानकारी लिनका लागि नाडा अटो शोको स्टल ए ६ भ्रमण गर्न कम्पनीले अनुरोध गरेको छ ।