कीवर्डहरू -

टेलिकमको कुल आम्दानी र सञ्चालन आय घट्यो, खुद मुनाफा बढ्यो

टेलिकमको कुल आम्दानी र सञ्चालन आय घट्यो, खुद मुनाफा बढ्यो

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमासिक (चैत मसान्त) सम्म ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार आम्दानी गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधि (२०७९ चैत्र मसान्त) को तुलनामा चालु वर्षमा २ अर्ब ३७ लाख ७ हजार आम्दानी घटेको छ । 

आम्दानी घट्दा टेलिकमको खुद नाफा भने बढेको छ । चालु आवको तेस्रो त्रैमासिकसम्मको खुद मुनाफा ५ अर्ब ५९ करोड ३७ लाख ६८ हजार रूपैयाँ छ । यो मुनाफा गत आवको सोही अवधिको खुद मुनाफाको तुलनामा १८ करोड १७ लाख ९३ हजार रूपैयाँले बढी हो । 

चालु आवको तेस्रो त्रैमासिकसम्म टेलिकमको सञ्चालन समेत कमी आएको छ । २०८० चैत्र मसान्तसम्म टेलिकमको कुल सञ्चालन आय २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रूपैयाँ रहेको छ ।
उक्त रकम गत आवको सोही अवधिको कुल सञ्चालन आयको तुलनामा १ अर्ब ८६ करोड ५३ लाख ५८ हजार रूपैयाँले कमी हो । 

ओटीटी, बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको आम्दानीमा असर गरेको टेलिकमले जनाएको छ । 

साथै सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको र बैंक ब्याजदरमा भएको परिवर्तनका कारण आम्दानी कमी भएको टेलिकमको भनाइ छ ।