कीवर्डहरू -

ओपनएआईले च्याटजीपीटीलाई समावेश गरेर नयाँ वेब ब्राउजर बनाउँदै, गुगल क्रोमलाई चुनौती दिने संकेत

ओपनएआईले च्याटजीपीटीलाई समावेश गरेर नयाँ वेब ब्राउजर बनाउँदै, गुगल क्रोमलाई चुनौती दिने संकेत

च्याटजीपीटी निर्माण गरेर आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को क्षेत्रमा क्रान्ति ल्याइसकेपछि, ओपनएआई अब एउटा ठूलो योजना बनाउँदैछ । रिपोर्टका अनुसार, कम्पनी वेब ब्राउजर क्षेत्रमा विकल्प खोजिरहेको छ । भनिएको छ कि कम्पनीले च्याटजीपीटीको भाषासम्बन्धी क्षमता समावेश हुने वेब ब्राउजर प्रोटोटाइप र नयाँ उत्पादन डिजाइनको खोजी गरिरहेको छ ।  

रिपोर्टअनुसार, ओपनएआई च्याटजीपीटीसँग एकीकृत वेब ब्राउजर निर्माण गर्ने सोचमा छ । कम्पनीले प्राइसलाइन, इभेन्टब्राइट, रेडफिन र कोंडे नास्टजस्ता विकासकर्तासँग कृत्रिम बुद्धिमत्ता (एआई) एकीकृत सर्च टूलमा छलफल गरेको उल्लेख छ । छलफलका क्रममा केही प्रोटोटाइप र उत्पादन डिजाइन पनि देखिएका छन्, जसले नयाँ ब्राउजर निर्माणको संकेत गर्दछ ।  

ओपनएआईले पहिले नै “सर्चजीपीटी“ नामको नयाँ खोज सुविधाको प्रोटोटाइप परीक्षण गरिसकेको छ । यो प्रोटोटाइप ओपनएआई मोडेलको क्षमता र वेबको जानकारीलाई संयोजन गरी प्रयोगकर्तालाई छिटो र स्पष्ट जानकारी विश्वसनीय स्रोतबाट उपलब्ध गराउने उद्देश्यले डिजाइन गरिएको हो ।  

रिपोर्टले बताउँछ कि ओपनएआईको नयाँ ब्राउजर प्रोटोटाइप तयारी चरणमा छ, तर अझै पूर्ण रूपमा तयार छैन् । तर, यदि कम्पनीले ब्राउजर क्षेत्रमा प्रवेश ग¥यो भने, यो गुगलको क्रोम ब्राउजरसँग प्रत्यक्ष प्रतिस्पर्धामा हुनेछ । सर्चजीपीटीका फिचरहरूका कारण ओपनएआईको ब्राउजरले धेरै प्रयोगकर्तालाई आकर्षित गर्ने क्षमता राख्नेछ ।  

यसैबीच, गुगल पनि आफ्नो कृत्रिम बुद्धिमत्ता च्याटबोट खेललाई बलियो बनाउन “जेमिनाई“ प्रस्तुत गर्दैछ र यसलाई विभिन्न उत्पादनहरूमा समायोजन गरिरहेको छ ।  

अहिले गुगलका लागि चिन्ताको विषय भनेको संयुक्त राज्य अमेरिकाको न्याय विभागले क्रोम ब्राउजर बेच्न सिफारिश गरेको हो । यसले गुगललाई चुनौती दिने सम्भावना रहेको छ । यस्तो अवस्थामा ओपनएआईका लागि यो राम्रो अवसर बन्न सक्छ । अहिले ब्राउजर क्षेत्रमा गुगलको प्रभुत्व छ, तर भविष्यमा ओपनएआईको ब्राउजर आएपछि यो स्थितिमा परिवर्तन हुन सक्छ ।