कीवर्डहरू -

ओपन सोर्स सफ्टवेयरले डिजिटल स्वतन्त्रता प्रदान गर्छ: माउरो (अन्तर्वाता)

ओपन सोर्स सफ्टवेयरले डिजिटल स्वतन्त्रता प्रदान गर्छ: माउरो (अन्तर्वाता)

नेपालमा पहिलो पटक यही भदौ १४ र १५ गते ‘उबुकन एशिया २०२५’ कन्फेरेन्स सम्पन्न भएको छ । उबन्टु कम्युनिटी एशियाले आयोजना गरेको यस कार्यक्रममा उबन्टु, फ्री र ओपन सोर्स सफ्टवेयर सम्बन्धि विभिन्न वर्कशप र कन्फेरेन्स भएका थिए । 

यही कार्यक्रममा फ्री तथा ओपन सोर्स सफ्वेयरमा काम गर्दै आएको तथा उबन्टुको संस्थापक कम्पनी क्यानोनिकल आएको थियो । यसै सिलसिलामा हामीले क्यानोनिकलका कम्युनिटी इन्जिनियर माउरो ग्यासपरी कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अशं


उबन्टु के हो ? 

उबन्टु शब्द अफ्रिकी शब्द हो, जसको अर्थ अंग्रेजीमा ‘ह्युम्यानिटी टु अदर्स’ हुन्छ । उबन्टु लिनक्स डिष्ट्रिब्युसन हो । धेरैले यसलाई उबन्टु डेक्स्टपको रूपमा चिन्छन् । तर सर्भरहरूमा पनि उपलब्ध छ ।

उबन्टु कोर भनेको उबन्टुको फुल स्न्याप भर्सन हो । साथै उबन्टुसँग धेरै प्रविधि पनि जोडिएका छन् । अहिले उबन्टु क्लाउड इमेजेज, आईओटी इमेजेज, रेस्बेरि पाई, मल्टिपल आर्किटेक्चरमा उपलब्ध छन् । 

केको सिलसिलामा उबन्टु नेपाल आएको हो ? 

उबन्टु एशियाले नेपालमा आयोजना गरेको उबुकन एशिया २०२५ का लागि आएका हौं । उबन्टु एशिया कम्युनिटीले हरेक वर्ष उबुकन एशिया कार्यक्रम गर्दै आएको छ । यो सधैं एउटै देशमा हुँदैन् ।  इच्छुक देश, विश्वविद्यालय र कम्पनीहरू खोज्न प्राय हरेक वर्ष फरक फरक देशमा हुन्छ । जहाँ उबन्टु, लिनक्स र ओपन सोर्सलाई लिएर के गर्ने जोश र उर्जा छ । 

नेपालको डिजिटल रूपान्तरणमा उबन्टु र ओपन सोर्स सफ्टवेयरले कसरी सहयोग गर्न सक्छ ?

उबन्टु र ओपस सोर्स सफ्टवेयर निःशुल्क चलाउन सकिन्छ । यसले तपाईलाई डिजिटल स्वतन्त्रता प्रदान गर्छ र चलाउन पनि कुनै शुल्क तिर्नु पर्दैन् । 

यदी तपाई स्टार्टअप हुनुहुन्छ भने निःशुल्क चलाउन सक्नुहुन्छ । व्यवसाय ग्रो भयो भने उबन्टु राखेर ग्राहकलाई सेवा दिन सक्नुहुन्छ । त्यसपछि मात्रै तपाईले उबन्टुलाई अपटु डेट, अप टु डस्पीड र परामर्शका लागि क्यानोनिकललाई पैसा तिर्न सक्नुहुन्छ ।

निःशुल्क चलाउन र आफ्नो आवश्यकता अनुसार स्केलअप र डाउन गर्न सक्नुहुन्छ । प्रायः ओपन सोर्स प्रविधि र प्रोजेक्टमा यही हुन्छ । तर यदी ओपन सोर्स सफ्टवेयरमा कुनै विशेष आवश्यकता छ भने तपाईले कोडलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

सामान्य अर्थमा भन्नुपर्दा आफ्नो आवश्यकता अनुसार ओपन सोर्स सफ्टवेयरलाई कस्टमाइज गर्न सक्नुहुन्छ । उदाकरणको रूपमा अनुवादलाई लिन सकिन्छ । यदी प्रयोगकर्ताहरू अंग्रेजी भाषासँग अनुकल छैनन् भने स्थानीय भाषामा परिवर्तन गर्न सक्नुहुन्छ । अरूको भर परिराख्नु पर्दैन् । 

null

ओपन सोर्समा स्वतन्त्रतालाई महत्त्व दिइएको हुन्छ । सरकारले पनि यसलाई प्रयोग गर्न सक्छ, जसले गर्दा अन्य कम्पनीले विकास गरेका निर्भर भइराख्नु पर्दैन् । आवश्यकता अनुसार बनाउन र कस्टमाइज गर्न सकिन्छ । यसमा स्वतन्त्रता छ । 

नेपाली डेभलपर्स, विश्वविद्यालय र आईटी प्रोफेसनलसँग क्यानोनिकलले कसरी काम गर्ने योजना बनाएको छ ? 

नेपालमा सहकार्य गर्नका लागि उबु कन एशिया २०२५ को समयमा पनि हामीले कुराकानी गरेका छौं । सहकार्य गर्न एकदमै उत्साहित छौं किनभने सहभागीहरूले यो सहकार्यलाई कार्यक्रपछि पनि कसरी जारी राख्न सकिन्छ भनेर सोधिरहनु भएको छ । स्थानीय उबन्टु समुदायको ग्रो र स्थानीय कार्यक्रममा योगदान गर्नका लागि सहकार्य गरिराख्ने हाम्रो योजना छ । 

उबुन्टु विश्वको सबैभन्दा धेरै प्रयोग हुने लिनक्स वितरण मध्ये एक हो। क्यानोनिकलले विश्वव्यापी ओपन सोर्स सफ्टवेयरको भविष्यलाई आकार दिन कसरी काम गरिरहेको छ ?

क्यानोनिकले पहिले भएका ओपन सोर्सलाई प्रयोग गर्ने मात्र गर्दैन् । ओपस सोर्समा लाग्नु भएकाहरूलाई यो थाहा नै छ । ओपन सोर्स भविष्यलाई आकार दिनका लागि हामीसँग योजना छन् । उबन्टुलाई वरिपरि राखेर सिर्जना गरिएका प्रोजेक्ट छन् ।

null

ल्याक्सटी, रक्स, मल्टिपास लगायत धेरै ओपन सोर्स प्रडक्ट र प्रोजेक्ट छन्, जसले वाईफाईसहितको बुटेबल ल्यापटपभन्दा पर गएर सहयोग गरिरहेको छ । ओपन सोर्समा क्यानोनिकलले योगदान गरेको यो एउटा माध्यम हो । हाम्रो सबै परियोजना ओपस सोर्स छन् । यसमा हाम्रो रायसँग प्रयोगकर्ताले आफ्नो राय पनि राख्न सक्छन् । हामी सँगै छलफल गर्न सक्छौं । अर्को भनेको, तालिम र वर्कशपको पार्टमा पनि काम गर्दै आएका छौं । 

खुलापन र सहकार्यको यो भावना आजको व्यावसायिक संसारमा कसरी लागू हुन्छ ?

हामीले ओपनसोर्समा ठूलो रूपान्तरण देखिरहेका छौं, जुन हाम्रो कम्पनीले कहिल्यै कल्पना गरेको थिएन । हामीसँग कोड, प्रोग्राम र सफ्टवेयर छन् । यसमा हामीले लाखौं डलर लगानी गरेका छौं । यो खुला छ । सबैले चलाउन र  परिमार्जन गर्न सक्छन् ।

परिवर्तन आउँदैछ र वृद्धि भइरहेको छ । यसमा कम्पनीहरूले पनि राम्रो काम गरिरहेका छन् । ओपन सोर्स सफ्टवेयर प्रयोग गर्नका लागि अब अन्य व्यक्ति र कम्पनीहरूलाई पनि प्रोत्साहन गर्नुपर्छ । तपाईको फाइनान्सका लागि यो समस्या हुने छैन् । धेरै पटक यो बुस्ट हुने गरेको छ । यसमा तपाईको कोडमा योगदान गर्ने धेरैलाई भेटाउन सक्नुहुनेछ । 

क्लाउड, एआई/एमएल, र आईओटी युगमा क्यानोनिकलले उबुन्टुलाई कसरी स्थान दिइरहेको छ ?

क्यानोनिकलका धेरै साझेदार छन् । उबन्टुले विभिन्न क्लाउड सेवा प्रदायकसँग साझेदारी गरेको छ । तपाई एआई र मेसिन लर्निङ सम्बन्धि काम गर्न चाहनुहुन्छ भने आफ्नो क्लाउड सेवा प्रदायकको गएर उबन्टुलाई डिप्लोय गरेर काम गर्न सक्नुहुन्छ । 

नेपालका लागि क्यानोनिकलको लङटर्म योजना के छ ? 

यो प्रश्नको उत्तर मेरो पोइन्टअफ भ्यूबाट दिन्छु । अन्ततः यो तपाईहरूमा नै निर्भर छ । तपाई कत्ति धेरै इङ्गेज हुन चाहनुहुन्छ, त्यसमा भर पर्छ । उबुकन एशिया २०२५ मा देखेको सक्रिय सहभागीताबाट एकदमै उत्सुक छु । यहाँ मानिसहरू बसेका मात्रै छैन्, सक्रिय रूपमा काम गरिरहेका छन् । प्रश्नहरू सोधिरहेका छन् । फेरि पनि भन्छु, कत्तिको इंगेज हुन चाहनुहुन्छ त्यो तपाईमाथि नै भर पर्छ । हामी सहकार्य गर्न सधैं तयार छौं । 

द्रुत गतिमा परिवर्तनशील प्रविधिको संसारमा उबुन्टुलाई केले सान्दर्भिक र विश्वसनीय बनाउँछ ? 

क्यानोनिकल भर्खर २० वर्षको भएको छ । हामी बितेको २० वर्ष भन्दा पनि आउने २० वर्षलाई हेरिरहेका छौं । हामीलाई विगतमा धेरै इच्छा छैन् । ग्रो गर्नका लागि विगतलाई सिकाइको रूपमा लिन्छौं । हामी वर्षौसम्म प्रविधिको क्षेत्रमा शीर्ष स्थानमा हुन चाहन्छौं । 

उबुन्टु शब्दको अर्थ ‘अरूप्रति मानवता’ हो । क्यानोनिकलले आफ्नो काममा यो आदर्श वाक्यलाई कसरी लागू गरेको छ ?

क्यानोनिकलले सधैं एक अर्काबीच आपसी सहकार्यलाई जोड दिदै आएको छ । कुनै पनि व्यक्ति एक्लै सफल हुन सक्दैन् । सफल हुनका लागि अरूको सहयोग चाहिन्छ । यही आदर्श वाक्यलाई उबन्टुले पछ्याइरहेको छ । हामी जहाँ काम गर्छौं, त्यहाँ यही आदर्श वाक्य अनुसार जान्छौं । अरूलाई सफल बनाउन हामी सहयोग गर्छौं । उहाँहरूको सफलता नै हाम्रो सफलता हो । यसरी उबन्टु कम्युनिटी चल्छ । 

null

हाम्रो आचारसंहितामा पनि जुन तपाईले सोच्नु भएको छ, त्यो छैन् । तपाईले यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन् भन्ने नियमहरू सोचिरहनु भएको हुन्छ । तर हाम्रोमा त्यस्तो छैन् । पढ्दै जाँदा तपाईलाई यसले प्रेरित पनि गर्दैन् ।

हामी एक अर्काको उत्कृष्टतामा विश्वास गर्छौं । यस्तै खालको कार्यक्रममा कोही आउनु भयो भने हामी सुरूमा आचारसंहिता पढ्न र त्यसमा हस्ताक्षर गर्न अनुरोध गर्छौं । 

तपाईले अरूबाट राम्रोको अपेक्षा गर्नु भएको छ भने तपाई पनि अरूप्रति राम्रो हुनुपर्छ । हामी जे गर्छौं एक अर्काप्रति राम्रो हुनुपर्छ भन्ने विश्वासका साथ गर्छौं । 

अन्त्यमा नेपाली युवा र ओपन सोर्स कम्युनिटीलाई के भन्न चाहनुहुन्छ ? 

सपना ठूलो देख्नुहोस् । धेरै सिक्नुहोस् । सँगसँगै रमाइलो पनि गर्नुहोस् । प्यासनले ड्राइभ गर्न दिनुहोस् । इंगेज हुनुहोस् । यो सुन्दर समय हो ।