ओपनएआई छिट्टै च्याटजीपीटी कन्ट्रेक्टर्स नामक नयाँ फिचर लञ्च गर्ने तयारीमा रहेको छ । यसले च्याटबटलाई अन्य प्लेटफर्मसँग जडान गर्न मद्दत गर्नेछ ।
टेकक्रन्चको रिपोर्टअनुसार,ओपनएआईले छिट्टै यो नयाँ फिचरको बेटा टेस्ट सुरु गर्न लागेको छ । च्याटजीपीटी कन्ट्रेक्टर्स एक इन्टरप्राइज टुल हुनेछ, जसले थर्ड–पार्टी डेटाबेस र कम्युनिकेशन प्लेटफर्महरूसँग जडान भएर त्यहाँबाट जानकारी प्राप्त गर्नेछ र प्रयोगकर्ताहरूलाई उनीहरूको प्रश्नहरूको उत्तर दिनेछ ।
रिपोर्टअनुसार, सुरुवाती चरणमा यो गूगल ड्राइभ र स्ल्याकसँग काम गर्नेछ । पछि यसलाई माइक्रोसफ्ट सेयरप्वाइन्ट तथा बक्स फिचरसम्म विस्तार गर्न सकिने छ । यो फिचरले टेक्स्ट डेटा पहुँच गर्न सक्नेछ, जसमा फाइल , प्रेजेन्टेसन, स्प्रेडशीट, र स्ल्याकको कुराकानी समावेश हुनेछ ।
यो फिचर जीपीटी ४० एआई मोडेलमा आधारित हुनेछ, जसलाई जडान गरिएका प्लेटफर्महरूको आन्तरिक ज्ञानको साथ एकीकृत गरिनेछ । एक पटक यो फिचर कुनै च्याटजीपीटी टिम्स वर्कस्पेसमा सक्रिय भएपछि, त्यहाँका सबै प्रयोगकर्ताहरूले यसको लाभ उठाउन सक्नेछन् ।