कीवर्डहरू -

४८ घण्टे अर्बिट इन्जिनियरिङ ह्याक्स सुरू, ३० टिम सहभागी

४८ घण्टे अर्बिट इन्जिनियरिङ ह्याक्स सुरू, ३० टिम सहभागी

सगरमाथा इन्जिनियरिङ कलेमा अर्बिट इन्जिनियरिङ ह्याक्स २.० सुरू भएको छ । ४८ घण्टे यो ह्याकाथनमा सहभागीले विभिन्न आईटीका प्रोजेक्टहरू विकासमा काम गर्नेछन् । 

अर्बिट इन्जिनियरिङ ह्याक्समा देशभरिबाट ३० टिम सहभागी भएका छन् । सहभागीले ई-गभर्नेन्स, बायोमेडिकल, एआई, मेसिन लर्निङ, डिजास्टर रेस्पोन्स लगायतमा काम गर्ने इभेन्ट कोअर्डिनेटर सुनैना पाण्डेले बताइन् । 

ह्याकाथनमा विजेताहरूलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । कुल पुरस्कार राशि १ लाख २५ हजार रूपैयाँ रहेको छ । 

अर्बिट इन्जिनियरिङ ह्याक्स अर्बिट इन्जिनियरिङ एक्सपो २.० को प्रि इभेन्ट हो । डिसेम्बर ६,७ र ८ मा आयोजना हुने एक्सपोमा देश तथा विदेशबाट सहभागीता रहने छ । 

उक्त मुख्य कार्यक्रममा प्रोजेक्ट प्रदर्शनी, रोबो वार, रोबो सकत, क्याट प्रतियोगिता, युआई युएक्स प्रतियोगिता, म्युजिकल इभेन्ट जस्ता गतिविधिहरू हुनेछन् । प्रोजेक्ट प्रदर्शनीका लागि खल्तीमा गएर रजिष्ट्रेसन गर्न सकिने छ ।