कीवर्डहरू -

हाम्रो पात्रो हेल्थलाई ‘स्टार्टअप अफ द इयर’को अवार्ड

हाम्रो पात्रो हेल्थलाई ‘स्टार्टअप अफ द इयर’को अवार्ड

‘हाम्रो पात्रो हेल्थ’ले ‘स्टार्टअप अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्टमा  ‘हाम्रो पात्रो हेल्थ’ ले उक्त अवार्ड प्राप्त गरेको हो । 

सन् २०२१ मा हाम्रो पात्रोले चिकित्सकहरुसँग अडियो तथा भिडियो कल गरेर सेवा लिन सक्ने गरी टेली मेडिसिन सेवाको सुरुवात गरेको थियो । यो सेवा अहिलेसम्म १० हजार जनाले लिइसकेका छन् ।

टेलीमेडिसिन सेवाले समाजमा पारेको सकारात्मक नतिजाका कारण परिसंघले अवार्डबाट सम्मानित गरेको हो । सीएनआईवाइईएफ स्टार्टअप अफ द इयरको अवार्ड उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले प्रदान गरेका हुन् । 

अवार्ड प्राप्त गरेपछि हाम्रो पात्रो हेल्थकी प्रमुख सुजाता गौतमले आफूहरुको उद्देश्य नै गुणस्तरीय स्वास्थ्यलाई प्रविधिसँग जोड्नु रहेको बताइन् । 

‘म दृढतापूर्वक विश्वास गर्न सक्छु कि स्वास्थ्य सेवाको भविष्य प्रविधिमै निहीत छ,’ गौतमले भनिन्, ‘हाम्रो उद्देश्य भनेकै गुणस्तरीय स्वास्थ्य सेवा सबैका लागि, जताजतै पुर्‍याउनु हो । हामी बिरामीलाई विज्ञ चिकित्सकसँग जोड्दै अत्याधुनिक प्रविधिको लाभ उठाउन सहयोग पुगोस् भन्नेमा प्रतिवद्ध छौँ । टेलिमेडिसिन केवल सेवामात्रै नभएर समुदायमा रहेका व्यक्ति तथा बिरामीहरुले राम्रो र गुणस्तरी स्वास्थ्य सेवा पनि प्राप्त गर्न सकुन् र प्रविधिको सही प्रयोग होस् भन्ने हामी चाहन्छौँ । टेलिमेडिसिन सेवामा बिरामीले चिकित्सकसँग कुरा गर्दा आफ्ना नजिकका परिवारलाई पनि जोडेर सरसल्लाह लिन सक्ने व्यवस्था गरिएको छ ।’