कीवर्डहरू -

गेमिङ स्मार्टफोन खरिद गर्दा यी कुरामा ध्यान दिनुहोस्

गेमिङ स्मार्टफोन खरिद गर्दा यी कुरामा ध्यान दिनुहोस्

आजकाल धेरै मानिसहरू स्मार्टफोनमा गेम खेल्न रुचाउँछन् । गेमिङको लागि सही स्मार्टफोन हुनु पनि उत्तिकै उपयोगी छ ।

गेमिङ फोन भयो भने पूर्ण रूपमा खेलको आनन्द लिन सक्नुहुन्छ । यदि तपाईसँग राम्रो स्मार्टफोन छैन् भने तपाई गेम खेल्दा रमाइलो अनुभूति नगर्न सक्नुहुन्छ ।

यदि तपाई गेमिङको रूची राख्नु हुनुहुन्छ र गेम खेल्नको लागि नयाँ स्मार्टफोन किन्न चाहनुहुन्छ भने हामी तपाईलाई गेमिङ फोन खरीद गर्दा ध्यानमा राख्न सक्नुहुन्छ । यसबाट तपाईले राम्रो फोन किन्न सक्नुहुनेछ ।

बजेट

पहिलो कुरा फोनको मूल्य हो । गेमिङ स्मार्टफोन किन्दा बजेटलाई ध्यानमा राख्नुहोस् । गेमिङ फोन अन्य फोनभन्दा केही महंगो हुन्छ । तपाईंले आफ्नो लागि उपयुक्त मूल्यमा उपलब्ध हुने र सबै आवश्यक सुविधाहरू भएको फोन रोज्न सक्नुहुन्छ । 

प्रदर्शन र हार्डवेयर

गेमिङ फोनमा मिडिया टेक वा स्नापड्रागनबाट गेमिङ चिपसेट जस्तै शक्तिशाली प्रोसेसर हुनुपर्छ । साथै, स्मार्टफोनमा ८ जीबी वा सोभन्दा बढी र्याम र शक्तिशाली जीपीयू हुनुपर्छ । यी सुविधाहरूले ढिलो र फ्रेम ड्रप बिना खेल खेल्न दिन्छ । यसले गेमहरू खेल्नलाई रमाइलो बनाउनेछ र तपाईं मल्टिटास्किङ पनि गर्न सक्नुहुनेछ ।

डिस्प्ले

गेमिङका लागि बनाइएको फोनमा उच्च रिफ्रेस रेट (कम्तीमा ९० हर्ज वा १४४ हर्ज) र राम्रो रिजोलुसन डिस्प्ले (फूल एचडी वा राम्रो) हुनुपर्छ । स्पष्ट र प्रतिक्रियाशील स्क्रिनले खेलहरू हेर्ने, धमिलोपना कम गर्न र छिटो प्रतिक्रिया दिन मद्दत गर्नेछ ।

ब्याट्री र चार्जिङ

गेमिङ स्मार्टफोन खरिद गर्दा यसको ब्याट्री र चार्जिङमा ध्यान दिनुहोस् । लामो समयसम्म गेम खेल्नको लागि ४ हजार एमएएच वा सोभन्दा बढी ब्याट्री भएको फोन किन्नुहोस् ताकि बारम्बार चार्ज गर्नु नपरोस् । सँगसँगै फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने फोन हुनुपर्छ । 

विशेष गेम सुविधा

केही गेमिङ स्मार्टफोनमा गेम खेल्नका लागि विशेष सफ्टवेयर र सुविधाहरू प्रदान गरिन्छ । यसमा प्रोग्रामेबल सोल्डर ट्रिगर र बटन, प्रदर्शन सेटिङ समायोजन गर्ने क्षमता, विशेष खेल मोड, र उत्कृष्ट अडियो गुणस्तर समावेश हुन सक्छन् ।