कीवर्डहरू -

पेगासस प्रकरण : मेटाले एनएसओ ग्रुपविरुद्ध जित्यो १६७ मिलियन डलरको ऐतिहासिक मुद्दा

पेगासस प्रकरण : मेटाले एनएसओ ग्रुपविरुद्ध जित्यो १६७ मिलियन डलरको ऐतिहासिक मुद्दा

मेटाले पेगासस स्पाइवेयर बनाउने कम्पनी एनएसओ ग्रुपविरुद्ध १६७ मिलियन डलरको मुद्दा जितेको छ । मेटाले एक ब्लग पोस्टमार्फत यसबारे जानकारी दिँदै भनेको छ कि ह्वाट्सएपसम्बन्धी यो फैसलाले प्राइभेसी र सुरक्षाको पक्षमा ठूलो कदम अगाडि बढाएको छ, किनकि यो अवैध स्पाइवेयरको विकास र प्रयोगविरुद्धको पहिलो ठूलो सफलता हो । अर्थात्, पेगासस बनाउने कम्पनीले अब मेटालाई १६७ मिलियन डलर तिर्नुपर्नेछ ।

वास्तवमा, सन् २०१९ मा मेटाले एनएसओ ग्रुपविरुद्ध मुद्दा दायर गरेको थियो, जसमा भनिएको थियो कि कम्पनीले पेगासस स्पाइवेयरको प्रयोग गरेर १,४०० वटा ह्वाट्सएप प्रयोगकर्ताका अकाउन्ट ह्याक गरेको छ । फोन कलमार्फत स्मार्टफोनमा स्पाइवेयर इन्फेक्ट गरिएको थियो । प्रयोगकर्ताले यो फोन कल उठाए वा नउठाए, त्यसले फरक पार्दैन् ।

एकपटक फोन इन्फेक्ट भएपछि पेगासस स्पाइवेयरले प्रयोगकर्ताका क्यामेरा र माइक्रोफोनलाई टाढाबाट नियन्त्रणमा लिएको थियो । इन्फेक्टेड फोनबाट कल रेकर्ड, म्यासेज, इमेल तथा प्रयोगकर्ताको लोकेशनसमेत ट्र्याक गरिएको थियो ।

त्यसपछि डिसेम्बर २०२४ मा अमेरिकी अदालतले एनएसओ ग्रुपलाई यो ह्वाट्सएप ह्याकको लागि जिम्मेवार ठहर ग¥यो । मेटाले यो पनि बताएको छ कि एनएसओको पेगाससले मोबाइलमा इन्स्टल गरिएका कुनै पनि एपबाट डाटा चोर्न सक्छ । यसमा वित्तीय विवरणदेखि लोकेशन डाटा, इमेल र टेक्स्ट म्यासेजसम्म सबै कुरा पर्छ ।

यस अट्याकमा विशेषगरी पत्रकारहरू, मानवअधिकारकर्मीहरू र कूटनीतिज्ञहरूलाई निशाना बनाइएको थियो र यो हमला ५० भन्दा बढी देशका प्रयोगकर्ताहरूमा प्रभाव परेको थियो ।