कीवर्डहरू -

नबिल बैंकलाई प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

नबिल बैंकलाई प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

नबिल बैंक लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड पाएको छ ।

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको बैंकले जनाएको छ ।

बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो । यो अवार्ड अन्तर्गत १० विधामा २०० भन्दा बढी मनोनयन गरिएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो अवार्डले नबिलले लिएको डिजिटल रणनीतिलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको बताए ।