कीवर्डहरू -

पावर बैंक किन्नु अघि ध्यान दिनुपर्ने कुरा

पावर बैंक किन्नु अघि ध्यान दिनुपर्ने कुरा

स्मार्टफोन हाम्रो महत्त्वपूर्ण आवश्यकता मध्ये एक हो, तर एएटा यस्तो सामान्य समस्या छ, जुन हामी मध्य धेरै स्मार्टफोन प्रयोगकर्ताहरूले सामना गर्नुपर्ने हुन सक्छ ।

यो समस्या ब्याट्री ड्रेनसँग सम्बन्धित छ । जब हाम्रो फोन पुरानो हुँदै जान्छ, हामीले ब्याट्रीको क्षमता पनि कम हुँदै जान्छ । यदि तपाई आफ्नो फोन लामो समयसम्म प्रयोग गर्न चाहनुहुन्छ भने पावर बैंक प्रयोग गर्न सक्नुहुन्छ ।

पावर बैंकको मद्दतले तपाईले लाइट नभएको वा चार्जर नभएको अवस्थामा पनि आफ्नो डिभाइस चार्ज गर्न सक्नुहुन्छ । यस्तो अवस्थामा, यदि तपाई नयाँ पावर बैंक किन्न चाहनुहुन्छ भने हामी तपाइँलाई केहि महत्त्वपूर्ण कुराहरू बताउनेछौ । यी कुराहरूलाई ध्यानमा राखेर, तपाईं सही पावर बैंक किन्न सक्नुहुन्छ । 

चार्ज गर्ने क्षमताको ख्याल राख्नुहोस्

जब तपाई पावर बैंक खरिद गर्ने तयारी गर्दै हुनुहुन्छ, तपाईको डिभाइसलाई १ प्रतिशत सय प्रतिशतसम्म पूर्ण क्षमतामा कम्तिमा दुई वा तीन पटक चार्ज गर्न सक्छ भन्ने कुरालाई ध्यानमा राख्नु पर्छ ।

यसको मतलब यदि तपाईको फोनमा ३००० एमएएच ब्याट्री छ भने तपाईले कम्तिमा १० हजार एमएएचको पावर बैंक खरिद गर्नु पर्नेछ ।

बलियो ब्याट्री हुनुपर्छ

पावर बैंक किन्नु अघि यसको ब्याट्री शक्तिशाली हुनुका साथै सुरक्षित पनि हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । हामी तपाईलाई बताउछौं कि यो ब्याट्री लिथियम पोलिमर वा लिथियम आयन सेल हुनुपर्छ।

यसका साथै तपाईले जुनसुकै पावर बैंक किन्नु हुन्छ, त्यसको ब्याट्री सर्टिफाईड हुनुपर्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । यो महत्त्वपूर्ण छ किनभने यसको मद्दतले तपाईंले सही प्रडक्ट पाउनुहुनेछ ।

सुरक्षा सुविधा

कुनै पनि उत्पादन खरिद गर्दा, हामी सधैं यसको महत्त्वपूर्ण विवरणहरू पढ्छौं । तसर्थ, तपाईंले किन्ने विचार गरिरहनु भएको पावर बैंकको उत्पादन सारांश पढ्नु वा खरिद गर्नु अघि आफ्नो डिलरसँग कुरा गर्नु महत्त्वपूर्ण छ ।

पावर बैंक सुरक्षा सुविधाहरू सहित आउँछन्, जसले एकीकृत सर्किटलाई सुरक्षित राख्छ । तपाईंको पावर बैंकलाई ओभर चार्जिङ, कम डिस्चार्जिङ र सर्ट सर्किटबाट जोगाउँछ ।

यूएसबी पोर्ट

पावर बैंक केवल डिभाइस चार्ज गर्न प्रयोग गरिन्छ । यस्तो अवस्थामा पोर्टको संख्या महत्वपूर्ण पक्ष हो । त्यसैले कम्तिमा २ यूएसबी पोर्ट भएको पावर बैंक खोज्नुहोस् ।

यसबाट तपाईले एकै पटक धेरै डिभाइस चार्ज गर्न सक्नुहुन्छ । यसले तपाइँको स्मार्टफोन, आईप्याड, एम्पीथ्री प्लेयर, स्पिकर र डिजिटल डिभाइस चार्ज गर्न सक्छ ।