कीवर्डहरू -

६ हजार एमएएच ब्याट्री र शक्तिशाली क्यामेरा भएको सामसङ ग्यालेक्सी एम १५ फाइभजी सार्वजनिक

६ हजार एमएएच ब्याट्री र शक्तिशाली क्यामेरा भएको सामसङ ग्यालेक्सी एम १५ फाइभजी सार्वजनिक

चर्चित स्मार्टफोन कम्पनी सामसङले आफ्ना ग्राहकका लागि एम सिरिजका दुईवटा फोन सार्वजनिक गरेको छ । यस सिरिजका सामसंग ग्यालेक्सी एम १५ फाइभजी र ग्यालेक्सी एम ५५ फाइभजी ल्याइएको छन। ग्यालेक्सी एम१५ फाइभजी ब्राजिलमा बिहीबार मार्च २८ मा लन्च गरिएको छ । 

यो फोन एन्ड्रोइड १४ मा आधारित वान यूआई ६.१ मा काम गर्छ र यसमा एएमओएलईडी डिस्प्ले छ । यो ह्यान्डसेट ग्यालेक्सी एम ५५ फाइभजीसँग सार्वजनिक गरिएको छ। यो डिभाइसमा ६,००० एमएएच ब्याट्री र ५० मेगापिक्सेलको ट्रिपल रियर क्यामेरा सेटअप छ । 

मूल्यको बारेमा कुरा गर्दा, सामसङ ग्यालेक्सी एम १५ फाइभजीको ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १,४९९ बिआरएल अर्थात् लगभग रु ४० हजार नेपाली रुपैयाँबाट सुरु हुन्छ ।

यो डिभाइस गाढा निलो, खैरो र हल्का निलो गरी तीन रङमा ल्याइएको छ । यो फोनमा ६.५ इन्च फुल–एचडी + सुपर एएमओएलईडी डिस्प्ले छ, जसमा ९० हर्ज रिफ्रेस रेटको साथ वाटरड्रप–स्टाइल नोच छ ।

यो डिभाइसमा अक्टा–कोर मिडियाटेक डाइमेन्सिटी ६१०० प्लस चिपसेट राखिएको छ । ग्यालेक्सी एम १५ फाइभजीमा ट्रिपल रियर क्यामेरा सेटअप छ, जसमा ५० मेगापिक्सेल प्राथमिक क्यामेरा, ५ मेगापिक्सेल सेकेन्डरी सेन्सर र २ मेगापिक्सेल शूटर छ ।

फोनको अगाडि १३ मेगापिक्सेल सेल्फी क्यामेरा पनि छ । यी फोनमा ४५ वाट फास्ट चार्जिङ सपोर्टसहितको ६ हजार एमएएच ब्याट्री उपलब्ध गराएको छ ।