कीवर्डहरू -

आईटी पढ्न चाहनेलाई ऋण उपलब्ध गराउन राष्ट्र बैंकले सहजीकरण गर्ने

आईटी पढ्न चाहनेलाई ऋण उपलब्ध गराउन राष्ट्र बैंकले सहजीकरण गर्ने

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि (आईटी) पढ्न चाहनेलाई ऋण उपलब्ध गराउन सहजीकरण गर्ने भएको छ । 

शुक्रबार आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आईटी लगायतका व्यवहारिक शिक्षा आर्जनका लागि सरकारको कार्यक्रम अनुसार सहजीकरण गर्ने बताएका हुन् । 

व्यावसायिक शिक्षा तथा अन्य आन्तरिक रुपमा अध्ययन गर्ने चिकित्सा, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, एकाउन्टिङ्ग जस्ता व्यवहारिक शिक्षा आर्जनको लागि ऋण उपलब्ध गराउन नेपाल सरकारले लिएको नीति तथा कार्यक्रमको आधारमा आवश्यक सहजीकरण गरिने उनले जानकारी दिए ।