कीवर्डहरू -

घट्यो रेड्मी १२ सीको मूल्य

घट्यो रेड्मी १२ सीको मूल्य

साओमीले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा स्मार्टफोन रेड्मी १२ सीको मूल्य घटाएको छ । रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रङ्गहरूमा उपलब्ध छ । यो ४ जीबी प्लस ६४ जीबी र ६जीबी प्लस १२८ जीबी गरी दुई भेरियन्टमा उपलब्ध छ ।

रेड्मी १२ सी ४ प्लस ६४ जीबीको वास्तविक मूल्य १४ हजार ४९९ रुपैयाँ रहेकोमा यसको छुट मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै रेड्मी १२ सी ६ प्लस १२८ जीबीको वास्तविक मूल्य १६ हजार ९९९ रुपैयाँ रहेको छुट मूल्य १५ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । रेड्मी १२ सी  देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ ।

यसबारे बोल्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले अङ्ग्रेजी नयाँ वर्षको सुरुवात अझै उत्साहपूर्ण बनाउनुको लागि रेड्मी १२ सी को मूल्यमा छुट प्रदान गर्न पाउँदा खुसी व्यक्त गरे ।