कीवर्डहरू -

सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य ?

सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य ?

सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । ६.५ इन्च सुपर एमोलेड फुल एचडी डिस्प्ले रहेको यस फोनमा एक्सिनोस १२८० प्रोसेसर जडान गरिएको छ । 

१३ मेगापिक्सेल सेल्फी र ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको फोनमा ८ एमपि अल्ट्रा वाइड कयामरा र २ एमपि म्याक्रो क्यामरा पनि अतिरिक्त रहेको छ ।

यसमा १२० हर्जको रिफ्रेस रेट गरिएको छ । ए २५ फाइभजीमा २५ वाटको फास्ट चार्ज सुविधा छ । यसका अतिरिक्त यसमा एण्ड्रोइड १४ मा आधारितमा ४ मुख्य एण्ड्रोइड अद्यावधिकहरु र ५ वर्षको सुरक्षात्मक अद्यावधिकहरु प्राप्त हुने सामसङले जनाएको छ ।

ग्यालेक्सी ए २५ फाइभजी दुई थरीको ८ जीबी र्‍याम र १२८÷२५६ आन्तरिक स्टोरेजमा उपलब्ध छ । यसमा माइक्रो एसडि कार्डको प्रयोग गरी थप १ टिबिसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । 

यो फोन गाढा नीलो, नीलो र पहेंलो गरी ३ रङ्गहरुमा पाइन्छ । हाल ८÷१२८ जीबी क्षमता भएको सामसङ ए २५ फाइभजीको मूल्य ४० हजार ९९९ रूपैयाँ रहेको छ भने  ८÷२५६ जीबी भएको फोनको मूल्य ४४ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

यसका अलावा देशभरका आधिकारिक सामसङ स्टोरहरुमा उपलब्ध सामसङ इन्स्टा फाइनान्समार्फत् तपाईंले शुन्य प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्ता तिरेर पनि यो नयाँ फोनलाई आफ्नो बनाउन सक्नु हुनेछ ।