कीवर्डहरू -

सामसङका यी फोनमा उपलब्ध हुँदैछ ग्यालेक्सी एआई

सामसङका यी फोनमा उपलब्ध हुँदैछ ग्यालेक्सी एआई

सामसङको ग्यालेक्सी एस २३ सिरिज, एस२३ एफई, जेड फोल्ड५ र जेड फ्लिप ५ सिरिजमा ग्यालेक्सी एआई सुविधा उपलब्ध हुने भएको छ । 

ग्यालेक्सी एस २३ सिरिज, एस २३ एफई, जेड फोल्ड५ र जेड फ्लिप ५ सिरिजमा मार्चको अन्त्यदेखि वान युआई ६.१ मार्फत ग्यालेक्सी एआई सुविधा उपलब्ध हुने भएको हो । 

हालसालै प्रस्तुत गरिएको ग्यालेक्सी एस २४ सिरिजमा ग्यालेक्सी सुविधा आएको थियो, जसले विश्वको ध्यान खिचेको थियो । 

सामसङ इलेक्ट्रोनिक्स मोबाइल एक्स्पेरियन्स बिजनेस प्रमुख तथा अध्यक्ष टिएम र्‍याहोले ग्यालेक्सी एआईमार्फत मोबाइल एआइको नयाँ युगको सुरूवात मात्र नभई मोबाइल एआई अझ बढी पहुँच योग्य बनाएर प्रयोगकर्ताहरुलाई सशक्त बनाउने बताए । 

उनले अगाडि भने, ‘यो ग्यालेक्सी एआइको शुरुवात मात्र हो, हाम्रो योजना त सन् २०२४ भित्र दश करोडभन्दा बढी ग्यालेक्सी प्रयोगकर्ताहरुलाई यसको अनुभव दिलाउने तथा मोबाइल एआइको असिमित सम्भावनाहरुको उपयोगको लागि नवीन उपायहरुको खोजी जारी राख्ने रहेको छ ।’

ग्यालेक्सी एआईमा मेसेज टोन मिलाउने र च्याट एसिस्टको सहायताले १३ भिन्न भाषाहरुमा मेसेजहरु ट्रान्सलेट गर्ने सुविधा रहेको छ । 

ग्यालेक्सी प्रयोगकर्ताहरुले लाइभ ट्रान्सलेटमार्फत् रियल टाइमा नै भाषा ट्रान्सलेट गर्न सक्नेछन्, जसले फोन कलहरुका लागि आवाज र टेक्स्ट अनुवादहरु उपलब्ध गराउनेछ । 

यसमा सर्कल टु सर्च वीथ गुगल सुविधा रहेको छ, जसबाट स्मार्ट तरिकाले गूगलमा खोज्न सकिने छ । यसमा नोट एसिस्टको समेत फिचर छ । 

ग्यालेक्सी एआईमा जेनेरेटिभ एडिट एआईको सुविधा रहेको छ । यसबाट फोटो तथा भिडियो एडिट गर्न सकिने छ ।