कीवर्डहरू -

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक, यस्ता छन् सुविधा

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक, यस्ता छन् सुविधा

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक भएको छ । उत्कृष्ट सुविधासहित नेपालमा ग्यालेक्सी ए १५ सार्वजनिक गरेको सामसङ नेपालले जनाएको छ । 

फोनमा ६.५ इन्चको फुल एचडीप्लस सुपर एमोलेड इन्फिनिटी यु डिस्प्ले रहेको छ । कुनै कार्यक्रम हेर्दा, खेल खेल्दा वा इन्टरनेट ब्राउज गर्दा डिस्प्लेले सबै कुरा जीवन्त र स्पष्ट देखिने कम्पनीले जनाएको छ । 

ग्यालेक्सी ए १५ अत्याधुनिक मिडिया टेक ६१०० प्लस प्रोसेसर राखिएको छ ।  ६ जीबी र ८ जीबी र्‍याम तथा १२८ र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध फोनमा ५० मेगापिक्सेलको रियर क्यामेरा रहेको छ । 

यसमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । ग्यालेक्सी ए १५ फाइभजी नवीनतम एन्ड्रोइड १४ मा चल्छ र यसमा सामसङको वान युआई ६ रहेको छ । यस बाहेक, यसमा ४ वर्षको ओएस अपडेट र ५ वर्षको सुरक्षा अपडेट पनि आउने सामसङले जानकारी दिएको छ । 

नेपाली बजारमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज ग्यालेक्सी ए १५ फाइभजीको मूल्य २७ हजार ९९९ तथा ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको यसको मूल्य २९ हजार ९९९ र ८ जीबी र्‍याम तथा २५६८ जीबी स्टोरेज भएको फोनको मूल्य ३३ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

ग्यालेक्सी ए १५ फाइभजी खरिद गर्न इन्स्टा फाइनान्स समेत पाइने छ । फोन नेपालभरिका स्टोरहरुमा फागुन ७ गतेदेखि उपलब्ध हुनेछ ।