कीवर्डहरू -

ग्यालेक्सी एस २४ सिरिजको प्रिअर्डर खुला, पहिलो ५०० जनालाई एनसेलको भ्वाइस, डेटा र एसएमएस सेवा

ग्यालेक्सी एस २४ सिरिजको प्रिअर्डर खुला, पहिलो ५०० जनालाई एनसेलको भ्वाइस, डेटा र एसएमएस सेवा

सामसङले नेपालमा ग्यालेक्सी एस २४ सिरिज फोनको प्रि–अर्डर खुला गरेको छ । नेपालमा ग्यालेक्सी एस २४ अल्ट्रा, ग्यालेक्सी एस २४ प्लस र ग्यालेक्सी एस २४ को प्रि अर्डर खुला भएको हो । 

ग्यालेक्सी एस २४ सिरिजले फोन कलको वास्तविक–समयमा नै दुई–तर्फी आवाज र टेक्स्ट दुवै लाइभ ट्रान्सलेट गर्न सक्ने छ । सामसङ किबोर्डमा निर्मित एआईले १३ भाषाहरूमा सन्देशहरू वास्तविक समयमा अनुवाद गर्न सक्ने छ ।  यस्तै सामसङ नोट्समा भएको नोट अस्सिस्टले एआई जेनरेटेड सारंश उपलब्ध गराइ आफूले चाहेको फर्म्याटमा राखि दिनेछ । 

भ्वाइस रेकर्डिंगका लागि, धेरै जना बोलिरहेको बेला पनि, ट्रांस्क्रिप्ट अस्सिस्टले एआई र स्पीच–टु–टेक्स्ट टेक्नोलोजी प्रयोग गरि सारांश ट्रान्सक्राइब गरी रेकर्डिङहरू अनुवाद गर्न सकिने छ ।ग्यालेक्सी एस २४ ले पहिलो पटक कुनै अरु मोबाइल फोनमा नभएको सर्कल टु सर्च ल्याउँदै गुगल मार्फत खोज गर्ने तरिकालाई परिवर्तन गरिदिएको छ ।

प्रयोगकर्ताहरुले ग्यालेक्सी एस २४ को स्क्रिनमा सर्कल, हाइलाइट, स्क्रिबल वा ट्याप गरि उच्च गुणस्तरको परिणामहरु प्राप्त गर्न सक्ने सामसङले जनाएको छ । ग्यालेक्सी एस २४ सिरिजमा भएको ग्यालेक्सी एआई एडिटिंग टूल्सले नचाहिने भाग मेटाउने, पुनः रचना गर्ने, र रिमास्टर जस्ता सम्पादनहरूलाई सक्षम पार्नेछ ।

ग्यालेक्सी एआईले प्रत्येक फोटोको लागि पूर्ण रूपमा उपयुक्त ट्वीकहरूको सुझाव दिन्छ र जेनेरेटिभ एडिटले फोटोको कुनै पनि भागलाई जेनेरेटिभ एआईले आफुले चाहेको जस्तो परिवर्तन गरिदिनेछ । 

ग्यालेक्सी एस २४ सिरिजमा सात जेनेरेसनका ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटहरू प्राप्त हुनेछ । ग्यालेक्सी एस २४ सिरिज प्रि–बुक गर्नको लागि यहाँ क्लिक गर्नुहोस् । वा आफ्नो नजिकैको सामसङ फोन स्टोरहरूमा गएर प्रि–अर्डर गर्न सकिने छ ।

माघ २३ सम्म वा स्टक रहँदासम्म प्रि-अर्डर गर्नेले बड्स, ट्याबलेट लगायतका आकर्षक गिफ्ट समेत पाउने छन् । यी रोमाञ्चक उपहारहरू बाहेक  प्रि–अर्डर गर्ने पहिलो ५०० ग्राहकहरूले एनसेल प्रिमियम नम्बर प्रति दिन ७० मिनेट अल नेट भ्वाइस प्लस ७०० एमबी प्लस ७० एसएमएस ६ महिनाका लागि ३५०० रूपैयाँ निःशुल्क प्राप्त गर्न सक्ने छन् । 

कम्पनीका अनुसार ग्यालेक्सी एस २४ (१२+५१२ जीबी) मूल्य १ लाख ९९ हजार ९९९, एस २४ अल्ट्रा (१२+२५६ जीबी) को मूल्य १ लाख ८४ हजार ९९९, ग्यालेक्सी एस २४ प्लस (१२+२५६ जीबी) को मूल्य १ लाख ४२ हजार ९९९ र ग्यालेक्सी एस २४ बेस (८+२५६ जीबी) को मूल्य १ लाख १९ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

यसका साथै देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा समेत उपलब्ध छ । यस्तै सामसङले १ वर्षको लागि १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध गराएको छ र आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।