कीवर्डहरू -

अंग्रेजी नयाँ वर्षको अवसरमा सामसङले घटायो ५ स्मार्टफोनको मूल्य

अंग्रेजी नयाँ वर्षको अवसरमा सामसङले घटायो ५ स्मार्टफोनको मूल्य

सामसङले आफ्नो ग्राहकहरुको अंग्रेजी नयाँ वर्ष अझ बढी खास बनाउने योजनाका साथ आफ्नो सर्वाधिक बिक्रीको सूचीमा रहेका ५ वटा स्मार्टफोनको मूल्य घटाएको छ । 

कम्पनीले ग्यालेक्सी ए ३४ फाइभजी, ग्यालेक्सी ए ०४ एस,ग्यालेक्सी ए ०४, ग्यालेक्सी एम १४ र ग्यालेक्सी एम ०४ मोबाइलको मूल्य घटाएको हो । 

सामसङले यी मोबाइलहरूको मुल्यमा २ हजार रूपैयाँ कटौती गरेको छ । अब ग्यालेक्सी ए ३४ फाइभजी ४३ हजार ९९९ र लेक्सी ए ०४ एस १९ हजार ९९९ रूपैयाँमा उपलब्ध हुनेछ । 

यस्तै ग्यालेक्सी ए ०४ १४ हजार ९९९, ग्यालेक्सी एम १४ २२ हजार ९९९ र ग्यालेक्सी एम ०४ १५ हजार ९९९ रूपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।