कीवर्डहरू -

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको अफर, यी कारोबारमा पाइनेछ छुट

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको अफर, यी कारोबारमा पाइनेछ छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ ।

पहिलो योजना अनुसार बैंकले टपअपमा टपअप धमाका सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोबाइल बैंकिङ मार्फत २०० रुपैयाँ वा सो भन्दा बढीको टपअप कारोबार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्र मार्फत २०० रुपैयाँको टपअप प्राप्त गर्नेछन् । यो योजना १९ पुस २०८० देखि २५ गतेसम्म लागु हुनेछ ।

दोस्रो योजना अनुसार बिजुली र इन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोबाइल बैंकिङ मार्फत हालसम्म बिजुली र इन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकहरुले पहिलो पटक बिल भुक्तानी गरेमा नयाँ कारोबार गर्ने ग्राहकले भुक्तानी रकमको ५ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

पहिलेदेखि बिल भुक्तानी गरिरहेका ग्राहकहरुले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहक मध्ये बिजुलीको बिल अन्तर्गत १ जना र इन्टरनेट बिल अन्तर्गत १ जना ग्राहकले लक्की–ड्र मार्फत ५ महिनासम्मको बिल भुक्तानी वा अधिकतम ५ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

तेस्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआर मार्फत प्राप्त नगरेको मर्चेन्टहरुले यस अवधिमा एक पटक वा पटक पटक गरी ५०० रुपैयाँसम्मको कारोबार रकम क्यूआर मार्फत प्राप्त गरेमा वा लिएमा त्यस ग्राहक मध्ये ५ जना ग्राहकले लक्की–ड्र मार्फत स्मार्टवाच प्राप्त गर्नेछन् । यो योजना १९ पुसदेखि १९ माघ २०८० सम्मका लागि हुनेछ ।