कीवर्डहरू -

शर्ट सर्किट हुँदा सेरेस ईभीमा आगो लाग्यो, ब्याट्री र मोटरमा क्षति नभएको कम्पनीको भनाइ

शर्ट सर्किट हुँदा सेरेस ईभीमा आगो लाग्यो, ब्याट्री र मोटरमा क्षति नभएको कम्पनीको भनाइ

प्राविधिक खराबीको कारण सेरेस ब्राण्डको विद्युत गाडीबाट सोमबार बिहान धुवा निश्किएको कम्पनीले बताएको छ । सोमबार बिहान काठमाडौंको सितापाइलामा सडक छेउमा पार्किङमा राखिएको सेरेस थ्री ईभीमा आगो लागेको थियो । 

त्यसपछि सेरसले प्रतिक्रिया दिदै शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको बताएको छ ।  ‘गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडिमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको थियो,’ कम्पनीले विज्ञप्तीमा भनेको छ, ‘उक्त गाडी विगतमा अनधिकृत सेवा केन्द्रहरूमार्फत् मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मर्मतका लागि कम्पनीको सर्भिस सेन्टरमा ल्याएका बखत शर्ट सर्किट हुँदा गाडीमा धुवाँ निस्किएको हो ।’

यस दौरान सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियता पुर्वक स्थितिलाई नियन्त्रण लिएको समेत जानकारी दिएको छ । कम्पनीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको छ ।

विद्युतीय सवारी साधनहरू धेरै खाले सुरक्षा सुविधाहरूले सुसज्जित हुन्छन् र निश्चिन्त सवारी अनुभवका लागि ग्राहकहरूलाई आफ्नो सवारी साधनको मर्मत सम्भार तोकिएकै सेवा केन्द्र मार्फत् गराउन समेत कम्पनीले अनुरोध गरेको छ ।