कीवर्डहरू -

शशिला मोटर्सले हाइगर ब्राण्डकाे विद्युतीय गाडी नेपाल ल्याउने

शशिला मोटर्सले हाइगर ब्राण्डकाे विद्युतीय गाडी नेपाल ल्याउने

शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ ।यसका लागि चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग शशिला माेटर्सले सम्झौता गरेको हो ।

यो सम्झौतासँगै शशिला मोटर्स् प्रालि हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारिक वितरक बनेको छ ।​ शुरूमा प्रालिले १६ सिट क्षमताका ईभी मिनी भ्यान र मिनिबस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ ।

हाइगर बस कम्पनी लिमिटेडले विश्वका १३० भन्दा धेरै देशहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित ब्राण्ड हो ।