कीवर्डहरू -

नेपालमा सार्वजनिक भयो विद्युतीय कार स्काइवेल इटी फाइभ, यस्ता छन् विशेषता

नेपालमा सार्वजनिक भयो विद्युतीय कार स्काइवेल इटी फाइभ, यस्ता छन् विशेषता

नेपाली बजारमा विद्युतीय कार स्काइवेल इटी फाइभ सार्वजनिक भएको छ । नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले नेपालमा विद्युतीय गाडी ईटी फाइभ ल्याएको हो । 

बिहीबार सार्वजनिक समारोहमा कम्पनीले ९ जनालाई स्काइवेल इटी फाइभ गाडी हस्तान्तरण समेत गरेको थियो । चिनियाँ ईभी निमार्ता स्काइवेलले उत्पादन गरेको ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । यसमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । 

null

एक पटक फुल चार्ज गरेपछि स्काइवेल इटी फाइभ ६२० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ । यसमा इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ र इन्टेलिजेन्ट सेक्यूरिटी लगायतका सुविधाहरू रहेका छन् ।

इटी फाइभमा ८ वर्षको वा २० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ । स्काइवेल इटी फाइभको मूल्य १ लाख ९ हजार रूपैयाँ तोकिएको छ । 

null