कीवर्डहरू -

जीमेल स्टोरेज फुल हुन् नदिन थाहा पाउनैपर्ने केही टिप्स

जीमेल स्टोरेज फुल हुन् नदिन थाहा पाउनैपर्ने केही टिप्स

जीमेलको स्टोरेज भरिनु सबै स्मार्टफोन प्रयोगकर्ताका लागि सामान्य समस्या हो । जीमेल प्रयोगकर्तालाई १५ जीबी निःशुल्क स्टोरेज उपलब्ध गराइन्छ, जुन इमेल अट्याचमेन्ट, ठूला फाइल, र अनावश्यक इमेलको कारण छिट्टै भरिन्छ ।

जब जीमेलको स्टोरेज फुल हुन्छ, यसले धेरै असुविधा पैदा गर्छ । तर, केही सरल समाधानहरूले जीमेलको स्टोरेज खाली गर्न सहयोग गर्न सक्छन् ।  

आज हामी तपाईलाई केही टिप्स दिदै छौं, जसले तपाईंलाई जीमेलको स्टोरेज व्यवस्थापन गर्न मद्दत गर्नेछ । यी उपाय अपनाएर तपाईं आफ्नो स्टोरेजलाई व्यवस्थित गर्न सक्नुहुन्छ र जीमेल एपलाई छिटो बनाउन सक्नुहुन्छ ।  

 १. अनावश्यक इमेल डिलिट गर्नुहोस्  

जीमेलमा धेरैजसो अनावश्यक इमेलहरू हुन्छन्, जुन स्टोरेज भर्नका लागि जिम्मेवार हुन्छन् । त्यसैले, तपाईंले पहिले आफ्नो जीमेलबाट अनावश्यक इमेलहरू मेटाउनुपर्ने हुन्छ ।  

२. ट्र्यास र स्प्याम फोल्डर खाली गर्नुहोस्  

जीमेलमा ट्र्यास र स्प्याम फोल्डर छुट्टै हुन्छ । स्प्याम फोल्डरमा अवाञ्छित इमेलहरू जम्मा हुन्छन् भने डिलिट गरिएका इमेलहरू ट्र्यासमा जान्छन् । यी फोल्डरहरूले पनि स्टोरेज भरिराख्छन् । त्यसैले, समय–समयमा ट्र्यास र स्प्याम फोल्डर खाली गर्नुस् ।   

३. लेबल र फोल्डरलाई व्यवस्थित गर्नुहोस्  

जीमेल एपलाई छिटो बनाउन र स्टोरेज बचाउन, लेबल र फोल्डरलाई राम्रोसँग व्यवस्थापन गर्नुहोस् । धेरैजसो प्रयोगकर्ताहरू अनावश्यक इमेलहरूबाट हैरान हुन्छन् । यस्तो अवस्थामा, अनावश्यक इमेलहरूलाई अनसब्सक्राइब गर्नुस् र स्टोरेज बचाउनुस् ।  

४. नपढिएका इमेलहरू मेटाउनुहोस्

 जीमेलमा धेरै नपढिएका (अनरीड) इमेलहरू पनि हुन्छन्, जसले स्टोरेज लिन्छ । यी इमेल मेटाउँदा पनि तपाईंको स्टोरेज खाली हुनेछ ।  

कसरी मेटाउने?  

– सबैभन्दा पहिले आफ्नो जीमेल इनबक्स खोल्नुहोस् ।  
– ड्रपडाउन मेनुमा “अनरीड“ टाइप गर्नुहोस् ।  
– नपढिएका इमेलहरू देखिनेछन् ।  
– तिनलाई चयन गरेर मेटाउनुस् ।  

५. अनावश्यक जीमेल एक्सटेन्सनहरू डिसेबल गर्नुहोस्  

अनावश्यक जीमेल एक्सटेन्सनहरू हटाउँदा तपाईंको जीमेलको स्पीड बढ्नेछ र व्यवस्थापन गर्न सजिलो हुनेछ ।  

यी उपाय अपनाएर तपाईं आफ्नो जीमेल स्टोरेजलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्नुहुन्छ ।