कीवर्डहरू -

स्टार्टअपलाई ५ वर्षको लागि २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण

स्टार्टअपलाई ५ वर्षको लागि २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले द्योग मन्त्रालयबाट योग्यता पुगेका स्टार्ट अपलाई ५ वर्षको लागि २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण दिने व्यवस्था मिलाउन लागेको बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

यस आर्थिक वर्षभित्र उद्योग मन्त्रालयबाट योग्यता पुगेका स्टार्ट अपलाई ५ वर्षको लागि २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण दिने व्यवस्था मिलाइन लागिएको उनको भनाइ छ । 

सबै किसिमका नीति, कानुन र स्रोतलाई उद्यमशीलताको दिशामा उन्मुख गराउन तत्काल एकीकृत रणनीति बनाउँदै गैरसरकारी क्षेत्रका स्रोतलाई एउटै बास्केटमा राखेर परिचालन गर्ने रणनीति बन्दैछ भने सबै किसिमका स्रोतलाई ‘च्यालेन्ज फन्ड’ मा राखेर परिचालन गरिँने प्रधानमन्त्रीेले बताए । 

नागरिकमा उद्यमशील सोच जगाउन विद्यालयदेखि विश्‍वविद्यालयसम्म समुदायका यथार्थ र सम्भावनासँग जोडिएको प्रविधिउन्मुख पाठ्यक्रम पनि तयार गरिँन लागेको उनले जनाए ।