कीवर्डहरू -

फागुन २३ र २४ गते काठमाडौं विश्वविद्यालयमा २ दिने इपेक्स आयोजना हुँदै

फागुन २३ र २४ गते काठमाडौं विश्वविद्यालयमा  २ दिने इपेक्स आयोजना हुँदै

काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने इपेक्स मेला यस वर्ष पनि आयोजना हुने भएको छ । 

विभागसँगको सजकार्यमा सोसाइटी अफ इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियर्सले फागुन २३ र २४ गते काठमाडौं विश्वविद्यालयको केन्द्रिय क्याम्पस धुलिखेलमा २ दिने इपेक्स आयोजना गर्न लागेको हो । 

यस वर्ष इपेक्सको प्रि-ईभेन्टको रूपमा इलेक्ट्रोनिक्स वर्कशप, आईडियाथन, सर्किट डिजाइन प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन् । 

यस बाहेक फागुन २३ र २४ गते टक शो, रोबो वार, रोबोट प्रतियोगिता एकुवा सुमो र प्रोजेक्ट प्रदर्शनी हुनेछन् । साथै सो कार्यक्रममा इन्सिफिर वार्षिक म्यागजिन समेत सार्वजनिक गरिने छ । 

सन् २०१२ देखि आयोजना हुँदै आएको इपेक्स यो दशौं संस्करण हो । कोरोना महामारीका कारण सन् २०२० र २१ मा भने आयोजना हुन सकेको थिएन ।