कीवर्डहरू -

नेपालमा १ सय ५१ भन्दा बढी ओमोडा गाडीको सफल बिक्री

नेपालमा १ सय ५१ भन्दा बढी ओमोडा गाडीको सफल बिक्री

नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले नेपालमा १ सय ५१ भन्दा बढी ओमोडा गाडीको सफल बिक्री गरेको छ । बुकिङ भएको १ सय ५१ भन्दा बढी गाडीको हस्तान्तरण सँगै काठमाडौँको उत्तरढोका स्थित ओमोडाको सोरुमको औपचारिक उद्घाटन पनि वैशाख २ गते गरिएको छ ।

प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत सोङ चेन, शारदा ग्रुपका अध्यक्ष एस.आर. शारदा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा, अटोमोबाइलका ग्रुप अध्यक्ष धीरेन तामाङ लगायत विभिन्न अतिथि तथा सञ्चारकर्मीको उत्साहजनक सहभागितामा उ‌द्घाटन समारोह सम्पन्न भएको हो । 

कार्यक्रममा शारडा ग्रुपका निर्देशक गौरव शारडाले नेपालमा मात्रै चार सय भन्दा बढीको बुकिङ भइसकेको र १ सय ५१ बढी गाडी हाल नेपाली सडकमा गुडिरहेको जानकारी दिए । 

विद्युतीय र दिगो भविष्यका निम्ति अग्रगामी प्रविधि सहित छलाङ मार्दै, एसपिजी अटोमोबाइल्सले उत्कृष्ट प्रविधियुक्त 'ओमोडा इ फाइभ' मोडल लन्च गरेको थियो ।

यो गाडीको मुख्य आकर्षण भनेको अत्याधुनिक ६१ किलोवाट (kW) को लिथियम आइरन फोस्फेट ब्लेडयुक्त ब्याट्री हो, जसको प्रभावशाली ऊर्जाले एक पटकको चार्जमा 'डब्लु एल टि पि WLTP' रेन्ज ४३० कि.मि. दिन्छ । यस गाडीमा यात्रु तथा चालकका लागि २.५ लेभलको महत्त्वपूर्ण 'एडास ADAS' सुरक्षा फिचरहरू उपलब्ध छन् ।