कीवर्डहरू -

सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धी तालिम प्रदान

सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धी तालिम प्रदान

सिप्रदी ट्रेडिङले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेको छ ।

तालिममा विद्युतीय गाडी सम्बन्धी जानकारी, सुरक्षाका उपायहरू र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानीहरूका बारेमा विस्तृत रूपमा जानकारी गराइएको थियो । 

चैत्र ५ गते, १३ गते, १९ गते र २३ गते आयोजना भएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ६० जना ट्राफिक प्रहरीहरू सहभागी भएका थिए ।

तालिम पश्चात् सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले तालिममा सहभागी ट्राफिक प्रहरीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।