कीवर्डहरू -

२१ औं शताब्दी सुहाउँदो विद्यार्थी तयार पार्न शिक्षकका लागि २ दिने वर्कशप हुँदै

२१ औं शताब्दी सुहाउँदो विद्यार्थी तयार पार्न शिक्षकका लागि २ दिने वर्कशप हुँदै

फागुन ३ र ४ गते जेन कन्फेरेन्स १.० आयोजना हुने भएको छ । निमा एकेडेमी, एड चेञ्ज नेपाल र जियोग्रेबा नेटवर्कको संयुक्त आयोजनामा काठमाडौंको ज्ञानेश्वरमा फागुन ३ र ४ गते कन्फेरेन्स सञ्चालन हुनेछ । 

२१ औं शताब्दीका सीप तथा चुनौतिहरूसँग जुध्न विद्यार्थीलाई तयार पार्ने र पाठ्यक्रमै यस्ता सीपहरू एकीकृत गर्नुपर्ने उद्देश्यसहित २ दिने कन्फेरेन्स हुन लागेको आयोजकले जानकारी दिएको छ । 

२ दिनमा २१ औं शताब्दीका सीप तथा चुनौतिहरू सम्बन्धि छलफल र वर्कशप हुनुका साथै शिक्षालाई युग सुहाउँदो बनाउन विभिन्न आईडियाहरूमाथि काम हुनेछ । 

२१ औं शताब्दीका लागि विद्यार्थीलाई तयार पार्न शिक्षकहरूलाई वर्कशप दिइने छ । यसमा गणित, कम्प्युटर, विज्ञान लगायत सम्पूर्ण शिक्षकहरूलाई लक्षित  हुने गरी वर्कशपको डिजाइन गरिएको छ ।

वर्कशपमा मेडिटेसन पेडागोजी, गेमिफिकेसन, परियोजनामा आधारित सिकाइ, कक्षाकोठामा प्रयोग गर्न प्रयाक्टिकल सीपहरू सिकाइने छ । 

यस बाहेक सम्बन्धि क्षेत्रका विज्ञले पेपर प्रस्तुत गर्नेछन् भने विद्यालयमा प्रोग्रेसीभ नेतृत्व, डिजिटल लर्निङ अभ्यास, पाठ्यक्रममा नवीनता, शिक्षकको व्यावसायीक विकास र मूल्यांकन रणनीति जस्ता थिममा रहेर आफ्नो ज्ञान तथा अनुभव शेयर गर्नेछन् ।

कार्यक्रममा किनोट वक्ताको रूपमा थाइल्याण्डको महिडोल विश्वविद्यालयकी एलुमुनाई ओन्ग डी जीन, त्रिभुवन विश्वविद्यालयका एशोशिएट प्रोफेसर राजेन्द्र कुँवर र नेपाल खुला विश्वविद्यालयका एशोशिएट प्रोफेसर जीवन खड्का रहेका छन् ।

२१ औं शताब्दीका लागि विद्यार्थीहरूलाई तयार पार्न शिक्षकका लागि जेन कन्फेरेन्स उपयोगी हुने विश्वास गरिएको छ ।

यदी तपाई (शिक्षक) पनि वर्कशपमा सहभागी हुन चाहनुहुन्छ भने यो लिंकमा गएर फाराम भरेर शुल्क तिर्नु सक्नुहुनेछ । 

विशेष गरी शिक्षा क्षेत्रमा कार्यरत वा रुचि राख्ने जो कोही पनि भाग लिन सक्ने छन् । यस सम्मेलनमा करिब २०० जना सहभागिको अपेक्षा राखिएको छ  ।