पुल्चोक क्याम्पस अन्तर्गतको हल्ट प्राइजले आफ्नो उद्यमशीलता संवाद श्रृंखलाको तेस्रो सत्र ‘डिजाईन थिंकिङ्ग कार्यशाला’ सम्पन्न गरेको छ ।
सिर्जनात्मक सोच्न र आफ्ना विचारलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न सशक्त बनाउन एम्बार्क कलेजमा डिजाइन थिङ्किङ सम्बन्धि कार्यशाला गरिएको थियो ।
यसले आगामी पिचिङ सत्रमा प्रस्तुति सशक्त बनाउन मद्दत गर्ने बताइएको छ । डिजाइन थिंकिङको प्रशिक्षकको रूपमा वुमन लीड नेपालकी कार्यकारी निर्देशक हिमा विष्ट रहेकी थिइन ।