कीवर्डहरू -

टाटा मोटर्सको एक्सचेञ्ज कार्यक्रम, पुराना गाडीसँग नेक्सन म्याक्स र टियागो ईभी साट्न सकिने

टाटा मोटर्सको एक्सचेञ्ज कार्यक्रम, पुराना गाडीसँग नेक्सन म्याक्स र टियागो ईभी साट्न सकिने

टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले टाटा मोटर्स एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागेको छ ।

कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएका टाटा नेक्सन म्याक्स र टियागो लगायतका विद्युतीय गाडीहरू साट्न सकिनेछ ।

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीले जनएको छ ।  

एक्सचेञ्ज कार्यक्रममा विद्युतीय गाडीका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस लगायतका आकर्षक उपहारहरु रहेका छन् ।  कम्पनीले मिति छिट्टै तय गर्ने बताइएके छ ।

यस कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न पनि सक्नेछ ।  साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका विद्युतीय गाडीहरू खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।