कीवर्डहरू -

टाटा मोटर्सको भ्यालेन्टाइन एक्सचेञ्ज अफर, गाडी किन्दा बोनसदेखि आईफोन १५ सम्म जित्ने अवसर

टाटा मोटर्सको भ्यालेन्टाइन एक्सचेञ्ज अफर, गाडी किन्दा बोनसदेखि आईफोन १५ सम्म जित्ने अवसर

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम एक्सचेञ्ज वीद लवको आयोजना गर्न लागेको छ ।  

माघ २७ गते शुक्रबारदेखि ३ दिनसम्म आयोजना हुने कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिनेछ ।

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको कम्पनीको भनाइ छ । उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स् महाराजगंज र जे.बि. मोटर्स् बालकुमारी र उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेशनल, नेपलगञ्ज लगायत नेपालभरी रहेका टाटाका शोरुमहरुमा आयोजना गर्न लागिएको हो । 

यस एक्सचेञ्ज वीद लव कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन् । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु भएको कम्पनीको भनाइ छ ।