कीवर्डहरू -

लुम्बिनी प्रदेशमा फागुन १३ गते टेक कन्क्लेभ आयोजना हुँदै

लुम्बिनी प्रदेशमा फागुन १३ गते टेक कन्क्लेभ आयोजना हुँदै

लुम्बिनी प्रदेशमा टेक कन्कलेभ आयोजना हुने भएको छ । प्रविधिको क्षेत्रमा काम गर्दै आएको गैर- नाफामुलक संस्था कोड फर चेन्जले लुम्बिनी प्रदेशमा पहिलो पटक टेक कन्कलेभ २०२४ आयोजना गर्न लागेको हो । 

टेक कन्कलेभ लुम्बिनी प्रदेशको प्रदेश युवा परिषद्संगको सहकार्यमा एशियन बुद्ध होटल सिद्धार्थनगरमा भैरहवामा आयोजना हुनेछ । कोड फर चेन्जले टेक्नोलोजीको प्रयोगमार्फत समाजमा सकारात्मक परिवर्तन तथा सूचना प्रविधिका विद्यार्थीहरुको सुनिश्चित भविष्यको लागि देशको विभिन्न भागमा वर्षेनी सयौं युवाहरु र विभिन्न संस्थाहरुसंग सहकार्य गरि विभिन्न कार्यक्रम गर्दै आएको छ । 

यस पटक टेक कन्क्लेभ लुम्बिनी प्रदेशमा फाल्गुन १३ गतेको लागि तय गरिएको छ। मुख्य गरि यो कार्यक्रम सूचना प्रविधिमा रुचि राख्ने माध्यमिक तहका विद्यार्थी तथा व्याचलर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिने हुँदैछ । 

यस कार्यक्रमको मुख्य उदेश्य प्रविधि क्षेत्रमा काम गर्दै आएका कम्पनिहरु, कलेजहरु र विद्यार्थीहरु, सरकारी निकाय जम्मा गरि एक आपसमा देखिएको दुरिलाई कम गर्ने रहेको छ । कार्यक्रम भित्र सूचना प्रविधिको तिब्र विकास र भविष्य बारे पावर टक, प्यानल डिस्कसन, प्रोजेक्ट प्रदशनी, स्त्टल भिजिट, नेटवर्किङ सेसन तथा अन्य मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको छ ।

कार्यक्रममा प्रविधि क्षेत्रमा उदाउदै गरेका स्टार्टअप लाई पनि विशेष स्थान दिइने आयोजकको भनाइ छ । प्रोजेक्ट प्रदर्शनीमा सहभागी हुन चाहने विद्यार्थीले यहाँ क्लिक गरी दर्ता गराउन सक्ने छन् ।