कीवर्डहरू -

टेक्नो फोन खरिद गर्दा दैनिक उपहारका साथै थाइल्याण्ड भ्रमण जित्ने अवसर

टेक्नो फोन खरिद गर्दा दैनिक उपहारका साथै थाइल्याण्ड भ्रमण जित्ने अवसर

मोबाइल ब्राण्ड टेक्नोले दसैँ अफर सुरु गरेको छ । मनाऔँ चाडपर्व टेक्नोसँग नामक यस योजना अन्तर्गत, टेक्नो फोन खरिद गर्दा ग्राहकहरूले थाइल्याण्डको नि:शुल्क भ्रमणको अवसर लगायत चेस्ट ब्याग, स्पिकर र ब्लुटुथ स्पिकर सहित दैनिक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।  

टेक्नोका टेक्नो स्पार्क गो वान र बब्बाल च्वाइस फोन, टेक्नो स्पार्क थटी सी बजारमा रुचाइएका फोन भएको बताइएको छ । जसअनुसार  टेक्नो स्पार्क गो वानका लागि प्रारम्भिक मूल्य ११ हजार ९९० रूपैयाँ र टेक्नो स्पार्क थटी सी को लागि १६ हजार ४९० रूपैयाँ रहेको छ । 

टेक्नो स्पार्क गो वानमा सेग्मेन्ट फर्स्ट १२० हर्ट्ज रिफ्रेस रेट, ४ जीबि यार्मसहितको डुअल स्टेरियो स्पिकरहरू रहेका छन् भने यसले चार वर्षको ल्याग फ्री कार्यसम्पादनको ग्यारेन्टी प्रदान गर्ने कम्पनीको भनाइ छ ।