कीवर्डहरू -

टिकटक चलिरहेको भए जानकारी दिन दूरसञ्चार प्राधिकरणको आग्रह

टिकटक चलिरहेको भए जानकारी दिन दूरसञ्चार प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक चलिरहेको भए जानकारी दिन आग्रह गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटकमा पहुँच पुगिरहेको/ चलिरहेको भए त्यस्तो इन्टरनेट सेवा प्रदायकको बारेमा जानकारी दिन अनुरोध गरेको हो । 

टिकटक चलिरहेको जानकारी प्राधिकरणको इमेल ठेगाना [email protected] मा दिन सकिने छ । 

सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयनको लागि प्राधिकरणले केही महिना अगाडि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरेको थियो ।  

तर केही सेवा प्रदायक कम्पनीहरुको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको/टिकटक चलिरहेको पाईएकाले त्यस्ता सेवा प्रदायकहरुलाई प्राधिकरणबाट स्पष्टिकरण सोधिएको र दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही प्रक्रिया अघि बढीसकेको जनाइएको छ ।

त्यसकारण इन्टरनेट सेवा प्रदान गर्ने अन्य सेवा प्रदायक कम्पनीहरुलाई समेत प्राधिकरणको निर्देशन पालना गर्न र निर्देशन पालना नगरेको पाईएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही हुने प्राधिकरणले जानकारी दिएको छ ।