कीवर्डहरू -

नेपालमा भित्रियो १ करोड ३५ लाख बढी पर्ने टेस्लाको कार मोडल थ्री

नेपालमा भित्रियो १ करोड ३५ लाख बढी पर्ने टेस्लाको कार मोडल थ्री

विद्युतीय सवारी टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । अरेट इन्टरनेशनलले नेपाली बजारमा टेस्ला मोडल थ्रीको २०२४ भर्सन भित्र्याएको हो । 

फराकिलो ३६० डिग्रीको दृश्य देखिन सक्ने मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड प्रुफ क्याविन जस्ता सुविधा यसमा रहेका छन् । 

टेस्ला मोडल थ्रीको २०२४ भर्सनमा पहिलो पटक कूलिंग सहितको भेन्टिलेटर सीट रहेको छ । सीट मेट्रियल पनि पूर्ण रुपमा क्याक्टसबाट निर्मित, दाग प्रतिरोधी (स्टेनलेस) लेडर हो ।

एरो डाइनमिक र वाटर सिंक प्रुफ सहितको विशेषता रहेको यस कार, सुरक्षाको दृष्टिकोणले अन्तर्राष्ट्रिय (एनएच टीसीए) बाट ५ स्टारको रेटिङ प्राप्त गरेको छ ।

ड्यासबोर्डमा दिइएको १५४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ । यसमा गियर शिफ्टिंग, इण्डिकेतर प्रयोग लगायतका फक्सनहरु समेत डिजिटल रुपमा उपलब्ध रहेका छन् । नेपालमा मोडल थ्रीको सुरूवाती मूल्य १ करोड ३५ लाख रूपैयाँ रहेको छ ।