कीवर्डहरू -

सीजीले नेपालमा भित्र्यायो विद्युतीय कार एयोन वाई सार्वजनिक, कति छ मूल्य ?

सीजीले नेपालमा भित्र्यायो विद्युतीय कार एयोन वाई सार्वजनिक, कति छ मूल्य ?

सीजी मोटर्सले चिनियाँ ब्राण्ड ‘एयोन’ नेपाल भित्र्याएको छ । विद्युतीय कार एयोन वाई सार्वजनिक गर्दै जीएसी मोटर्सको एयोन ब्राण्डलाई सीजीले नेपाल भित्र्याएको हो । 

एयोन–वाई मा ६१.५ किलोवाट आवरको ब्याट्री प्याक तथा १०० किलोवाट पीक पावरको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटर रेन्ज पाउन सकिने छ । 

कारको टर्क २२५ एनएम छ भने ग्राउन्ड क्लिरियन्स १८३ एमएम छ । एवोन-वाईमा किलेस इन्ट्री, आइप्याडल, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १४.६ इन्चको विशाल टचस्कृन, ६ स्पीकर, पीएम २.५ एयर फिल्टर जस्ता फिचर छन् ।

यस बाहेक कारमा एविएस, इएसपी, ईबीडी, टायर प्रेसर मोनिरिङ, ब्रेकिङ इनर्जी रिकभरी, डुअल फ्रन्ट एयरब्याग, फ्रन्ट साइट एयरब्याग, साइड कर्टेन एयरब्याग, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल सिस्टम, एडप्टिभ क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री एचडी भ्यू क्यामेरा लगायत उपलब्ध छ ।

नेपाली बजारमा  विद्युतीय कार एयोन–वाईको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ ।