कीवर्डहरू -

शनिबार कसमस कलेज हल्ट प्राइजको फाइनल

शनिबार कसमस कलेज हल्ट प्राइजको फाइनल

शनिबार कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी हल्ट प्राइजको फाइनल कार्यक्रम हुने भएको छ । कोटेश्वरको एवान भेन्यूमा सञ्चालन हुने फाइनल कार्यक्रममा विजेताको घोषणा हुनेछ । 

फाइनलमा ४ वटा टिम पुगेका छन् । ४ टिमले निर्णायक मण्डल सामु आईडियाको पिचिङ गरेपछि सो पिचिङको आधारमा विजेता छनौट गरिने छ । 

फाइनलमा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुने टिमले २५०० रूपैयाँ पाउने क्याम्पस निर्देशक दिक्षा चन्दले जानकारी दिइन । सँगै विभिन्न संस्थाहरुको सहयोगमा आकर्षक उपहारहरु पनि दिइने छ ।

उक्त कार्यक्रमलाई ब्रोडवे इन्फोसिस, जाम पाउरोटी क्याफे, उर्जाटेक एकेडेमी, व्यागन कन्सलटेन्सी, एम्स एकेडेमी, ए.इ.ए.आर.एस, थ्री-डि रिसर्च एन्ड डिभेलपमेन्ट सोलुसन्स, राष्ट्रिय वाणिज्य बैंक, ए-क्युब फेशन, डिजिटल समाधानमा ग्रिफीटि स्टुडियोज, प्रनिश कन्स्ट्रक्सन लगायतले सहयोग गरेका छन् ।