कीवर्डहरू -

अन्तरिक्षमा काठको स्याटेलाइट पठाउने पहिलो देश जापान, इको–फ्रेन्डली प्रविधिमा नयाँ युगको सुरुवात

अन्तरिक्षमा काठको स्याटेलाइट पठाउने पहिलो देश जापान, इको–फ्रेन्डली प्रविधिमा नयाँ युगको सुरुवात

जापान काठबाट बनेको स्याटेलाइट अन्तरिक्षमा पठाउने पहिलो देश बनेको छ । अन्तरिक्षमा पठाइएको स्याटेलाइट पूर्ण रूपमा काठबाट तयार गरिएको छ । यस्तो गर्नुको पछाडि जापानको उद्देश्य स्पेसमा काठ कसरी बाँच्छ भनेर बुझ्न हो ।  

यदि जापानको यो परीक्षण सफल भयो भने भविष्यमा धेरै नयाँ कुरा स्पेसमा गर्न सजिलो हुनेछ । यो स्याटेलाइट कसरी काम गर्छ र यदि यो स्पेसमा टिक्छ भने यसको के फाइदा हुन्छ भनेर बुझौं ।

जापानबाट स्पेसमा पठाइएको काठको स्याटेलाइटको नाम ‘लिग्नो स्याट’ राखिएको छ, जसमा ‘लिग्नो’ भनेको काठ भन्ने अर्थमा लिइएको हो । यो शब्द ल्याटिन भाषाबाट लिइएको हो । यो स्याटेलाइट क्योटो विश्वविद्यालय र सुमिटोमो फोरेस्ट्रीको सहकार्यमा तयार गरिएको हो ।

यसलाई स्पेसमा पठाउने काम जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले गरेको हो । काठबाट बनेको स्याटेलाइटले कठिन परिस्थितिहरूलाई कसरी सामना गर्छ भन्ने हेर्न निकै रोचक हुनेछ ।  

यो स्याटेलाइट मिसनको उद्देश्य स्पेसमा इको–फ्रेन्डली वस्तुहरू प्रयोग गरेर अनुसन्धान गर्नु हो । यदि यो सफल भएमा भविष्यमा स्पेसमा काठका घर बनाउनु सजिलो हुन सक्छ । अन्य वस्तुहरूभन्दा काठ धेरै हल्का हुन्छ र स्पेसमा यो पग्लने सम्भावना पनि कम हुन्छ ।  

टेक एक्स्पपलोरिस्टका अनुसार, लिग्नो स्याटलाई होनोकी म्याग्नोलिया काठ प्रयोग गरेर विकास गरिएको हो । १० सेमी लामो यो स्याटेलाइट परम्परागत जापानी काठको काम गर्ने प्रविधिबाट निकै सटीक रूपमा तयार गरिएको हो ।

जानकारी अनुसार, काठबाट बनेको यो स्याटेलाइटलाई स्पेस एक्स–३१ को ड्र्यागन कार्गो वाहनबाट प्रक्षेपण गरिएको थियो र जेम स्मल स्याटेलाईट अर्बिटल डिप्लोयर–३० को प्रयोग गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट तैनाथ गरिएको हो ।  

लिग्नोस्याट स्याटेलाइटको काठको प्यानलमा थुप्रै सेन्सरहरू जडान गरिएको छ, जसले डेटा सङ्कलन गर्ने काम गर्छन् । यसमा विभिन्न प्रकारका तापमान मापन गरिन्छ । रेडिएसन एक्सपोजर पनि जाँच गरिन्छ । अनुसन्धानकर्ताहरूले त्यस्ता स्थानहरू पत्ता लगाउने प्रयास गरिरहेका छन् जहाँ काठ बिल्कुल पनि टिक्दैन् ।  

यदि जापानको यो परीक्षण सफल हुन्छ भने भविष्यमा इको–फ्रेन्डली स्याटेलाइटहरू स्पेसमा पठाउन सकिनेछ । दिगो सामग्रीबाट बनेका स्याटेलाइटहरूमा खर्च पनि कम हुने अपेक्षा गरिएको छ ।